arrow

मस्कको आम्दानी सबैभन्दा बढी कमाउने ६५ सीईओको बराबर

logo
एजेन्सी
प्रकाशित २०७६ जेठ १२ आइतबार
musk.png

काठमाडौं । टेस्लाका सीईओ एलन मस्कको आम्दानी विश्वका सबैभन्दा बढी आम्दानी गर्ने अन्य ६५ सीईओको बराबर रहेको पाइएको छ । अमेरिकी सञ्चारमाध्यम ‘द न्युयार्क टाइम्सले सार्वजनिक गरेको प्रतिवेदनमा मस्कले उल्लेख्य भुक्तानी पाउने गरेको देखाएको हो । 

न्युयोर्क टाइम्सले विश्वका प्रमुख २ सय सार्वजनिक कम्पनीबारे गरेको अध्ययनमा यस्तो देखिएको हो । प्रतिवेदनअनुसार सन् २०१८ मा मस्कले २ अर्ब ३० करोड भुक्तानी पाएका थिए । उनीपछि सबैभन्दा बढी कमाउने सीईओ डिस्कोभरीका डेभिड एम जास्लभ हुन् । उनले गत वर्ष १२ करोड ९० लाख डलर भुक्तानी पाएका थिए । 

न्युयोर्क टाइम्सको प्रतिवेदनअनुसार गत वर्ष विश्वभर सीईओको भुक्तानीमा व्यापक असन्तुलन देखिएको छ । अन्य १ सय ९९ सीईओको भुक्तानीमा भने त्यति धेरै अन्तर छैन । तर, सबैभन्दा बढी कमाउने सीईओको भुक्तानी त्यसपछिका ६५ सीईओको समग्र भुक्तानी बराबर हुनु असाधारण रहेको विश्लेषकहरुले बताएका छन् । 

टेस्लाले भने मस्कले कम्पनीबाट आधिकारिक रुपमा कुनै तलब नलिने गरेको बताएको छ । टेस्लाको कुनै महत्वाकांक्षी योजना पूरा गरेको खण्डमा मात्र त्यसबापत केही हिस्सा पाउँछन् । यस वर्षको लागि भने मस्कले पाउने भुक्तानीमा कमी आउनसक्ने बताइएको छ । गत वर्ष टेस्लाको शेयर ४ प्रतिशतले बढेको थियो । तर, यस वर्षको शुरुदेखि नै कम्पनीको शेयरमा व्यापक कमी आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ