arrow

होलीमा वितण्डा गर्ने २ सय ८६ चालक ट्राफिकको फन्दामा

logo
प्रकाशित २०७२ चैत ९ मंगलबार
holi-bitanda.jpg.jpeg
काठमाडौं । काठमाडौं उपत्यकामा होलीमा हुने अवाञ्छित क्रियाकलाप र सम्भावित दुर्घटनालाई मध्यनजर गरी प्रहरीले सुरक्षामा कडाई गरेको छ । विशेष सुरक्षा अभियान अन्तर्गत काठमाडौंमा अहिले सम्म अस्वभाविक ढंगले सवारी साधन चलाउने २ सय ८६ जना कारबाहीमा परिसकेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
 
कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी हाँक्ने, लाइसेन्स साथमा नभएको, एउटै मोटरसाइकलमा ३ जना सम्म सवार सवारी साधनको प्रयोग गरी रंग खेल्ने तथा लोला हान्ने र हेलमेट नलगाएर सवारी हाँक्नेहरु छन् । प्रहरीले यसअघि नै होलीमा अवाञ्चित क्रियाकलाप गर्नेलाई सार्वजनिक अपराधको मुद्दा लगाउने घोषणा गरेको थियो । ट्राफिक चकेजाँचमा निकै कडाई गरिएको महाशाखाले जानकारी दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ