arrow

दुई हजारले रोजगार पाउने

logo
प्रकाशित २०७६ जेठ १२ आइतबार
job.jpg

बाँके । सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बाँकेमा यो वर्ष एक हजार ८३२ जनाले रोजगारी पाउने भएका छन् ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहलाई गरेको परिपत्रअनुसार यस जिल्लामा चालू आर्थिक वर्ष २०७५-०७६ भित्र बेरोजगारीको सूचीमा दर्ता भएकामध्ये एक हजार ८३२ जनालाई ३० दिन बराबरको रोजगार दिने भनिएको छ ।

जिल्लाको वैजनाथमार राप्तीसोनारीमा २२६, खजुरामा २१२, डुडुवामा र जानकीमा १४० तथा नरैनापुर गाउँपालिकामा १२६ जनाले ३० दिन बराबरको रोजगारी पाउने भएका हुन् ।

नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले ७६२ युवा बेरोजगारलाई रोजगारी दिने नेपालगञ्ज नगर उपप्रमुख उमा थापामगरले बताइन्। कार्यक्रमअन्तर्गत सरकारले बाँकेका स्थानीय तहमा रु ४० करोड ६० लाख सशर्त अनुदानको व्यवस्था गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ