arrow

विद्यार्थीसँग रमाए ह्यारी; खेले भलिवल र होली (भिडियो)

logo
प्रकाशित २०७२ चैत ९ मंगलबार
Lamjing_Harry_-Swagat.jpg.jpeg
लमजुङ। नेपालीहरुको रमाइलो चाड फागु पूर्णीमा (होली)को बेलामा नेपालमा भएका सबैलाई यसले छुने नै गर्छ। नेपालीहरुसँगै नेपालमा घुम्न आएका पर्यटकहरु पनि होलीमा रमाउने नै गर्छन। नेपाल भ्रमणमा रहेका वेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’पनि यो मौका गुमाउन किन पछि पर्थे र ? 
 
सोमबार लमजुङको गौडा गाविस वडा नम्वर १ ओखरेमा बास बस्न पुगेका ह्यारी संयोगले मंगलवार होलीको दिन पनि गौडामा नै थिए। गुरुङ समुदायको वाक्लो बस्ती रहेको लेउरानीमा रहेको मंगली तामाङको घरमा बास बसेका राजकुमार ह्यारी मंगलवार विहान त्यहाँबाट डेढ घण्टा हिडेर गोर्खा वलफेयर ट्रष्टले वनाइरहेको विद्यालयको अवलोकनका लागि गए। बेलायती राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ह्यारीले आज लमजुङको देउरालीबाट डेढ घन्टा पदयात्रा गरी ओखरे आइपुगेका हुन। 
 
उनलाई प्रमुख जिल्ला अधिकारी ज्ञानमणि नेपालले स्वागत गरेका थिए। राजकुमार ह्यारीले वैशाख १२ को विनाशकारी भूकम्पले क्षति पुर्‍याएका गौडा माविको अवलोकन गरेका थिए। अवलोकनका लागि आएका राजकुमारसँग मंगलवार गौडा माध्यमिक विद्यालयका स्कुले छात्रछात्राहरुले भलिवल खेले। आफूहरुको अध्ययनरत विद्यालय भुकम्पले भत्काइदिएपछि पढ्ने ठाउँ समेत गुमाएका विद्यार्थीहरुको अध्ययनका लागि गोर्खा वलफेयर ट्रष्टले १० कोठे विद्यालय निर्माण गराइरहेको छ। आफूहरु पढ्ने विद्यालय बनाउन गोर्खा वलफेयर ट्रष्टलाई बेलायती सरकारको सहयोग छ। उनै बेलायती राजपरिवारको कान्छा राजकुमार ह्यारी आफ्नै विद्यालय आउने भएपछि विद्यार्थीहरु पनि दंग थिए।  
 

अनौपचारीक रुपमा खुल्न मन पराउने ह्यारीलाई भुकम्पले प्रभावित विद्यालयका विद्यार्थीहरुसँग केहि समय खेल्ने प्रवन्ध मिलाइएको थियो। उनले त्यहाँ विद्यार्थीहरुसँग भलिवल खेल भने एक आपसमा सद्भाव बाड्ने चाडको रुपमा रहेको होलीको अवसरमा विद्यार्थीहरुसँग उनले रङ लगाएर होली पनि खेले। ह्यारीसँग होली खेल्न पाउँदा विद्यार्थीहरु पनि दंग परेको स्थानिय पत्रकार दिपक अधिकारीले बताएका छन्। अग्लो शरीर मुहारमा रहेको खैरो दारीमा विद्यार्थीहरुले उनलाई रङ दलेर होली खेल्न रमाएका थिए। उनलाई विद्यार्थीहरुले रङ लगाउँदा उनी पनि रमाइलो मानिरहेका थिए। विद्यार्थीहरुसँग होली खेलेर ह्यारी त्यहाँबाट सिधै पोखरा गएका छन्। त्यहाँ उनले व्रिटीस गोर्खा सेनाको संग्रहालय अवलोकन लगायतका कार्यक्रममा सहभागि हुनेछन्। 

 
यसअघी ह्यारी सोमबार पदयात्रापछि गुरुङ समुदायको घनाबस्ती रहेको भिरकुना गाउँ आइपुगेका थिए। राजकुमार ह्यारीले गौँडा गाविस वडा नं ४ भिरकुनाबाट वडा नं ७ को लेउरानी गाउँसम्म एक घन्टाको पदयात्रा गरेका थिए। उनले गुरुङ समुदायको बस्ती, प्रकृति र ग्रामीण जनजीवनको अवलोकन गर्दै पदयात्रामा सहभागी भएका थिए। राजकुमार ह्यारीसहितको टोली आज सोही गाउँमा घरबास (होमस्टे) मा रहेको विष्णु नेपालले राससमा लेखेका छन्।  
 
ह्यारी गाउँमा पुग्दा स्थानीय गुरुङ परम्परानुसार फेटा बाँधेर, चामलको सेतो टीका र फूलमाला लगाएर स्थानीयवासीले स्वागत गरेका थिए। उनले ८८ वर्षीया मङ्गली तामाङका घरमा बनाइएको कोदाको ढिँडो, स्थानीय कुखुराको मासु, गोलभेँडाको पिरो अचारसहितको परिकार खानुभएको थियो । “मैले अफगानिस्तानमा गोर्खा सैनिकसँग रहँदा पिरो अचार खाएको थिएँ, पिरो अचारले शरीर तात्छ, आज यहाँ पानी परेर चिसो भएकाले अरु स्थानीय परिकारसहित गोलभेँडाको पिरो अचार मलाई विशेष स्वादिलो लाग्यो”– ह्यारीले भने। 
 
यसअघि त्यहाँ गुरुङ परम्परानुसार देखाइएको घाँटु र तामाङ नाचमा ह्यारी नाचेका थिए। ह्यारीले वडा नं ७ को लेउरानी गाउँमा पुगेर दोस्रो विश्वयुद्धमा बेलायती सेनाबाट लडेका गोर्खा सैनिक गञ्जुराम तामाङकी ८८ वर्षीया धर्मपत्नी मङ्गलीलाई भेटेका थिए। “आफूले यसरी बेलायतका राजकुमारलाई भेट्छु भन्ने सोचेको थिइन, भेट भयो, साह्रै खुसी लागेको छ”– मङ्गलीले भनिन्। 
 
सो अवसरमा मङ्गलीले ह्यारीसँग आफू नियमित स्वास्थ्य परीक्षणमा रहेकाले औषधोपचार र भूकम्पले क्षति पुर्‍याएको घर निर्माणका लागि सहयोगको अपेक्षा गरेकी थिइन। ह्यारीले गोर्खा कल्याणकारी कोषमार्फत सहयोग पुर्‍याउने वचन दिए। उनले भूकम्पले क्षति पुर्‍याएको भूतपूर्व ब्रिटिस गोर्खा परिवारका घर र त्यहाँ रहेका आफन्तसँग जानकारी लिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ