arrow

होलीको उश्रृंखलतालाई हेरी ललितपुरमा साढे ३ सय प्रहरी परिचालन

logo
प्रकाशित २०७२ चैत ९ मंगलबार
Lalitpur-hamrakura.jpg.jpeg
ललितपुर । होलीमा विशेष सुरक्षा अभियान अन्तर्गत महानगरीय प्रहरी परिसर ललितपुरले अन्य समयको तुलनामा ३ गुणा बढी सुरक्षाकर्मी परिचालन गरेको छ । होलीमा हुने अवाञ्छित कृयाकलापलाई मध्येनजर गर्दै बाक्लो रुपमा प्रहरी परिचालन गरेको परिसर प्रमुख एसएसपी पिताम्बर अधिरकारीले जानकारी दिए । चेक जाँचमा निकै कडाई गरिएको र हाल सम्म अवस्था सामान्य रहेको अधिकारीले बताए ।
 
३ सय ४० बढी प्रहरी विभिन्न स्थानमा परिचालन भएका छन् । अहिले सम्म सवारी साधनवालाहरु बाहेक अन्य पक्राउ नपरेका एसएसपी अधिकारीको भनाई छ । उश्रृंखल गर्नेलाई सार्वजनिक अपराधमा मुद्दा चलाउने भन्दै प्रहरीले प्रचार प्रसारलाई तीब्र पारेकाले विगत भन्दा अवस्था सामान्य एवं भद्र वातावरण बनेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ