- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । फराकिलो अंकका साथ च्याम्पियन बन्दै उपाघि जितेको इटालियन सिरिए फुटबल विजेता युभेन्टसले लिगको सिजनको अन्त्य भने दुःखद गरेको छ ।
युभेन्टस आइतबार राति भएको सिजनको अन्तिम खेलमा साम्पडोरियासंग २–० ले पराजित भएको हो ।
घरेलु मैदानमा साम्पडोरियालाई जित दिलाउन ग्रेगोइरे डेफ्रेल र गिन्लुका कप्रारीले एक एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुई गोल गर्दै साम्पडोरियाले जित निकालेको हो ।
खेलको ८४ औं मिनेटमा डेफ्रेलले गोल गर्दै साम्पडोरियालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ९० औं मिनेटमा कप्रारीले गोल गर्दै घरेलु टोलीलाई जित दिलाए ।
युभेन्टस पोर्चुगिच स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोबिना मैदानमा उत्रिएको थियो ।
युभेन्टसले यस सिजनमा ३८ खेलबाट ९० अंक जोड्यो । दोस्रो स्थानको नापोलीको ७९ अंक रह्यो ।