arrow

लम्जुङबाट पोखरा ब्रिटिश क्याम्प पुगे बेलायती राजकुमार ह्यारी

logo
प्रकाशित २०७२ चैत ९ मंगलबार
Harry-Hiking-lamjung.jpg.jpeg
पोखरा । बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’को पोखरा विमानस्थलमा स्वागत भएको छ । नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थल झरेका ह्यारीलाई कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली लगायत सरकारी अधिकारीले स्वागत गरे । कडा सुरक्षा व्यवस्थाका साथ विमानस्थलबाट सडक मार्ग हुँदै ह्यारी लामाचौरस्थित ब्रिटिश क्याम्प पुगे ।  
 
ब्रिटिश क्याम्पको समारोहमा सहभागी भई ह्यारी काठमाडौंँ फर्कने कार्यक्रम छ । बेलायती राजदूतावासका अनुसार सुन्दर पर्यटकीय नगरी पोखराको प्राकृतिक दृश्यावलोकन गर्न ह्यारी पोखरा पुगेका हुन् ।  
 
नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापनाको २०० वर्ष पुगेको अवसरम पारस्परिक सम्बन्धका दुई शताब्दीलाई चिरस्मरणीय तुल्याउन बेलायतकी महारानीका प्रतिनिधिका रूपमा नेपाल आएका ह्यारीको पोखरा भ्रमणलाई महत्वपूर्ण अवसरका रुपमा पोखरेलीले लिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ