arrow

काशीतिर मोदी, बिहीबार सपथ

logo
प्रकाशित २०७६ जेठ १३ सोमबार
modi-win.jpg

काठमाडौं । लोकसभा चुनावमा शानदार उपलब्धी हासिल गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार आफ्नो चुनावी क्षेत्र वाराणसी जाँदैछन् । उनले बाबा विश्वमानथ मन्दिरमा पूजा गर्नेछन् ।

त्यसपछि उनी लालपुरको हस्तकला संकुलमा भारतीय जनता पार्टी भाजपाका कार्यकर्तासंग संवाद गर्नेछन् । वाराणसीबाट दोस्रो पटक चुनाव जितेका मोदीको चुनावी नतिजापछिको पहिलो भ्रमण हुँदैछ । 

मोदी दिल्लीबाट बाबतपुर एयरपोर्ट हुँदै हेलिकोप्टरबाट पुलिसलाइन मैदान हुँदै काशी पुग्नेछन् । 

मोदीलाई यसपटक पहिलेको तुलनामा बढी भोट मिल्यो । सन् २०१४ ३ लाख ७१ हजार ७८४ मत ल्याएका मोदीले यसपटक ४ लाख ७९ हजार ५०५ भोट ल्याए । 

मोदी लहर बढेसंगै उनको पार्टीले अहिलेसम्मकै सबैभन्दा धेरै ३०३ ल्याएको थियो । 

बिहीबार सपथ ग्रहण
 
मोदीले आगामी बिहीबार विधिवत रुपमा दोस्रो कार्यकाल सम्हाल्ने छन् । बिहीबार बेलुकी मोदीले प्रधानमन्त्री पदको शपथ लिने तय भएको छ ।

राष्ट्रपति रामनाथ कोविन्दले मोदीलाई राष्ट्रपति भवनमा शपथ गराउने कार्यक्रम सार्वजनिक भइसकेको छ । स्थानीय समयानुसार बेलुकी ७ बजे मोदी र उनको नेतृत्वको मन्त्रिपरिषद सदस्यको समथ गराइने भारतीय राष्ट्रपति कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ