arrow

सरकारको ८ महिनासम्मको तथ्यांकमा आधारित आर्थिक सर्वेक्षण सार्वजनिक 

सार्वजनिक ऋण ९ खर्ब ७८ अर्ब, शोधनान्तर घाटा५९ अर्ब, चालु खाता घाटा १ खर्ब ९१ अर्ब

logo
प्रकाशित २०७६ जेठ १३ सोमबार
Ministry-Finance-hamrakura-1.jpg.jpeg

काठमाडौं । अर्थमन्त्रालयले सरकारको ८ महिनाको विवरणहरु समेटेर आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ। सोमबार संसदमा अर्थमन्त्री युवराज खतिवडाले सम्बोधन गरेसँगै सो विवरण सार्वजनिक भएको हो । 

यसमा अर्थले पहिले नै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रममा समावेश गरेका र राष्ट्र बैंकले जारी गरेका विवरणहरु समेटेर आर्थिक सर्वेक्षण सार्वजनिक गरेको हो । 

सोमबार संघीय संसदमा अर्थमन्त्रीले आर्थिक सर्वेक्षणबारे जानकारी दिँदै आर्थिक वृद्धि ७५, मुद्रास्फिति ४.२ ५ रहने बताएका छन् । आर्थिक सर्वेक्षणमा यस बाहेक निरपेक्ष गरिबीको रेखामुनी रहेका जनसङ्ख्या १८.७ प्रतिशत झरेको अनुमान गरिएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा कुल लगानी २९ प्रतिशतले वृद्धि भई २१ खर्ब ५७ अर्ब हुने अनुमान छ। कुल गार्हस्थ्य बचतको वृद्धि भन्दा कुल पूँजी लगानीको वृद्धि उच्च रहँदा बचत र लगानीबीचको अन्तर बढ्दै गएको समेत उल्लेख गरिएको छ । 

अर्काे तर्फ आर्थिक वर्ष २०७५/७६ को फागुनसम्म संघीय विभाज्य कोष र संघीय सञ्चित कोषमा दाखिला
भएको राजस्व ५ खर्ब रहेको छ। यो रकम आर्थिक वर्ष २०७४/७५ को सोही अवधिको तुलनामा २१.७ प्रतिशतले बढी रहेको बताइएको छ ।

आर्थिक वर्ष २०७५/७६ को फागुनसम्म शोधनान्तर स्थिति रु.५९ अर्ब घाटामा रहेको छ। यस अवधिमा चालु खाता रु.१ खर्ब ९१ अर्बले घाटामा रहेको छ। आर्थिक वर्ष २०७५/७६ को फागुनसम्म विप्रेषण आप्रवाह २३.४ प्रतिशतले वृद्धि भई रु.५ खर्ब ८२ अर्ब पुगेको छ। यस अवधिमा श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा जानेको संख्या ३५.९ प्रतिशतले घटेको छ।

आर्थिक वर्ष २०७५/७६ को फागुनसम्म २१८ उद्योगहरुमा रु.११ अर्व लगानी प्रतिबद्धता भई थप ७,९५३ रोजगारी सिर्जना हुने अनुमान छ। २०७५ फागुनसम्ममा कुल सार्वजनिक ऋण रु.९ खर्ब ७८ अर्ब रहेको छ। यस मध्ये ३ खर्व ८३ अर्व ५९ करोड आन्तरिक ऋण र रू. ५ खर्व ९५ अर्व बाह्य ऋण रहेको छ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ