जापानका सम्राट भेट्ने ट्रम्प बने पहिलो विदेशी नेता

प्रकाशित मिति : २०७६ जेठ १३ सोमबार

टोकियो । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प जापानका नयाँ सम्राट नारुहितोलाई भेट्ने पहिलो विदेशी नेता बनेका छन् । नारुहितो र ट्रम्पबीच टोकियो दरबारमा सोमबार भेटवार्ता भएको जापानी अधिकारीहरुले जानकारी दिएका छन् ।

त्यसअवसरमा जापानी सेनाले ट्रम्पलाई उच्च सम्मान प्रकट गरेको थियो । त्यतिबेला ट्रम्पले कालो कोट र रातो टाई लगाएका थिए भने जापानी सम्राटले उज्यालो निलो टाई लगाउनु भएको थियो ।

भेटमा जापानी साम्राज्ञी र अमेरिकी प्रथम महिला मेलानीया ट्रम्प पनि सहभागी थिए । जापानी साम्राज्ञी मासाकोले सेतो टोपी र ज्याकेट लगाएका थिए भने मेलानीयाले सेतो कपडा र अग्लो रातो हिल लगाएका थिए ।

राजप्रासादमा दुई नेताबीच झण्डै ५० मिनेट भेटवार्ता भएको थियो । एएफपी

नयाँ