arrow

मोदीको शपथमा पाकिस्तानलाई नो इन्ट्री, को को जाँदै ?

logo
प्रकाशित २०७६ जेठ १४ मंगलबार
modi-win.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको शपथ ग्रहण बिहीबार बेलुकी हुँदैछ । ३० मेमा उनले लिने सपथ ग्रहणमा नेपाल, बंगलादेश, म्यानमार, श्रीलंका, भुटान, थाइल्याण्ड, कीर्गिस्तान र मौरिसस गरी आठ देशका प्रमुखलाई निम्ता पठाइएको छ । 

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना यस पटक पनि शपथमा शामिल हुने छैनिन् । प्रधानमन्त्रीको शपथका लागि बिमस्टेक राष्ट्रहरुलाई निम्ता दिइएको हो । त्यसबाहेक कीर्गिस्तान र मौरिसस थपिएका हुन् । 

पाकिस्तानलाई अहिलेसम्म निम्तो नदिइएको भारतीय संचारमाध्यमहरुले बताएका छन् । सन् २०१४ को शपथ ग्रहणमा सार्क राष्ट्रहरुलाई आमन्त्रण गरिएको थियो यसपटक बिमस्टेकमाथि फोकस गरिएको हो । 

सन् २०१४ मा पाकिस्तानी प्रधानमन्त्री नवाज सरीफ मोदीको शपथमा पुगेका थिए । यसपटक गत फेब्रुअरी १४ मा जम्मू–कश्मीरको पुलवामामा पाकिस्तानी आतंकवादी समूहले भारतीय ४९ सुरक्षाकर्मीलाई मारेपछि चिसिएको सम्बन्ध सुध्रिन सकेको छैन । 

भारतले सर्जिकल स्ट्राइकसमेत गरेको थियो । भारतीय विदेश मन्त्रालयले पहिले सरकरको फोकस छिमेकी मित्र राष्ट्रहरुतिर ध्यान गएको बताएको छ । 

हसिनाको ठाउँमा मन्त्री एकेएम मोजामिल सहभागी हुने जनाइएको छ । हसिना  जापान, साउदी अरब र फिनल्याण्डको तीन दिवसीय यात्रामा रहने छिन् ।  

नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने पनि जनाइएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मोदी विजयी भएपछि फोन गर्दै बधाइ दिएका थिए । 

उक्त क्रममा मोदीले छिमेकी राष्ट्रको माहोल आतंकमुक्त हुनुपर्नेमा जोड दिएको भारतीय समाचार अनलाइनहरुले लेखेका छन् । मोदीले दुवै देशले आपसमा विवाद गर्नुको सट्टा गरिबीसंग लड्नु पर्नेमा जोड दिएका थिए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ