arrow

होलीमा उश्रृंखल गर्ने युवा–युवती प्रहरी नियन्त्रणमा

logo
प्रकाशित २०७२ चैत ९ मंगलबार
Holi-Themel.JPG.jpeg
काठमाडौं । होलीको नाममा ट्राफिक नियम उल्लंघन गर्ने तथा जथाभावी लोला हान्नेलाई प्रहरीले विशेष निगरानीमा राखेको छ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यका भरी अस्वभाविक ढंगले सवारी हाँक्ने ३ सय बढीलाई कारबाही गरेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । मोटरसाइकलमा ३ जना भन्दा बढी बोक्ने, लाइसेन्स साथमा नभएका, चर्को आवाजले मोटरसाइकल हाँक्ने र मादक पदार्थ सेवन गरेर सवारी चलाउने तथा सवारी साधन प्रयोग गरेर लोला हान्नेलाई कारबाही तीव्र पारिएको ट्राफिक प्रहरीले जनाएको छ । 
 
काठमाडौंका विभन्न स्थानमा चेकजाँचमा कडाई गरिएको छ । होली सुरु हुन दुई दिन अघिनै विशेष सुरक्षा अभियान घोषणा गरेको प्रहरीले नियम उलंघन गर्ने र जबरजस्ती लोला हान्नेलाई नियन्त्रणमा लिने गरेको छ । हाल सम्म ५० बढी युवा–युवती पक्राउ परेका छन् । पक्राउ परेकाहरुले प्रहरीको डण्डा खाएका छन् । महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी विक्रम थापाले मध्यान्ह सम्म वातावरण सामान्य रहेकामा दिउँसो केही उश्रृंखल घटना भएका जानकारी दिए । उश्रृंखल गर्नेलाई कडा कारबाही गर्ने एसएसपी थापाको भनाई छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ