arrow

क्षमता र आवश्यकता हेरेर बजेट बनाउनु पर्छ – डा महत

logo
प्रकाशित २०७६ जेठ १४ मंगलबार
ramsharan.JPG.jpeg

काठमाडौं । पूर्व अर्थमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले समय सापेक्ष बजेट बनाउनु पर्नेमा जोड दिएका छन् । 

केपी शर्मा ओली नेतृत्वको सरकारले जेठ १५ गते बुधबार आर्थिक वर्ष २०७६–७७ को बजेट सार्वजनिक गर्दै गर्दा डा महतले समय सापेक्ष बजेटमा जोड दिएका हुन् । 

उनले कार्यान्वयन गर्न सक्ने, क्षमता के छ र जनताका आवश्यकता के छन् त्यस अनुसार बजेट बनाउनु पर्ने बताएका हुन् । 

तर उनले स्पष्टै भने, ‘मैले यस्तो बजेट आउनु पर्छ भनेर मान्ने होइन । उहाँहरुले ठूला कुरा गरेर अगाडि बढ्नु हुन्छ । काम गर्ने क्षमता छैन ।’

उनले काम गर्न सक्ने लक्ष्य राखेको भए असफल हुनु नपर्ने तर्क गर्दै भने, ‘के के लक्ष्य राखिएको थियो गएको वर्ष ? कुनै लक्ष्य पूरा भयो ? भएन । ठूला कुरा गरेर भन्दा आवश्यकता र खर्च हेरी बजेट बनाउनु पर्छ ।’

डा महतले भने, ‘मैले बजेट बढाउनु पर्छ भनेर कहिल्यै भनिन । भूकम्प पश्चात ठूलो थियो । त्यो देशको आवश्यकता अनुसार थियो । त्यसपछि खर्च घटेको छ ।’ 

उनले विगतका चार वटा आर्थिक वर्षको बजेट हेरेर बनाउने हो भने उपयुक्त हुन सक्ने बताए । महतले पैसा बाँडेर मात्रै बजेट लोकप्रिय हुन नसक्ने बताए ।

उनले चुनावी नारालाई बजेटमा नमिसाउन आग्रह गर्दै भने, ‘नारा ल्याउन नभएका कुरा गर्न पनि कम्युनिष्टहरु सफल छन् । नाराले मात्र सफलता हासिल गर्दैन । सरकार व्यवहारिक बनोस् ।’

बुधबार अपरान्ह ४ बजे अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसदको बैठकमा बजेट प्रस्तुत गर्दैैछन् । उनलाई विज्ञ भनिए पनि चालु आर्थिक वर्षको बजेट ५६ प्रतिशतमात्र खर्च भएपछि उनको विद्धता पनि खेर गएको नेकपाका नेताहरुले नै भन्न थालेका छन् । 

संविधानको धारा ११९ अनुसार अर्थमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा १५ जेठमा बजेट प्रस्तुत गर्ने प्रचलन छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ