arrow

चीनलाई चुनौती दिन भारत, जापान र श्रीलंकाको सहकार्य

logo
प्रकाशित २०७६ जेठ १४ मंगलबार
srilanka-colombo-port.jpg

काठमाडौं। पछिल्लो समय श्रीलंकामा बढ्दो चिनियाँ प्रभावलाई सन्तुलनमा ल्याउन भारत, जापान र श्रीलंकाले सहकार्य गरेर अघि बढ्ने निर्णय गरेका छन्। तीन मुलुकले श्रीलंकाको कोलम्बोमा अर्को बन्दरगाह बनाउने निर्णय गरेका हुन्। यो भारतको नयाँ सरकारका लागि भएको निर्वाचनपछिको महत्वपूर्ण विदेश नीति हो। 

मोदीको नयाँ सरकारको शपथग्रणको कार्यक्रममा श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पनि भारत भ्रमण गर्दैछन्। यस्तोमा श्रीलंकासँग भारतको सम्बन्धमा पनि सुधार आउनसक्ने बताइएको छ। बन्दरगाह निर्माणको विषयमा पनि अब छिटै नै सम्झौतापत्रमा तीन मुलुकको बीचमा हस्ताक्षर हुने यो विषयसँग जानकार एक व्यक्तिले बताएका छन्। 

अहिले चीन आफ्नो विभिन्न योजनाको माध्यमबाट प्रभाव बढाउने क्रममा छ। यस्तोमा भारत र जापानले पनि श्रीलंकामा वैदेशिक शक्ति सन्तुलनका लागि विकास परियोजनामा लगानीको योजना ल्याएका हुन्।

श्रीलंकाको कोलम्बो बन्दरगाह निकै महत्वपूर्ण मानिन्छ। श्रीलंकाको ९० प्रतिशत कारोबार यो बन्दरगाहबाट हुने गरेको छ। सन् २०१७ मा कोलम्बोको बन्दरगाह विश्वको सबैभन्दा व्यस्त बन्दरगाहको रुपमा देखिएको थियो। क्षेत्रीय अर्थतन्त्रको विकासका लागि यो बन्दरगाहको भूमिका महत्वपूर्ण हुनसक्ने बताइएको छ। अहिले अघि सारिएको योजनाअनुसार निर्माण हुने बन्दरगाह कोलम्बो बन्दरगाहको दक्षिणी भागमा निर्माण हुने अधिकारीहरुले बताएका छन्।

अहिले तीन मुलुकको बीचमा वार्ता चलिरहेको छ। अबको केही महीनामा यस विषयमा उनीहरुको बीचमा सम्झौता हुने अनुमान छ। सन् २०१५ यता भारत र जापानको उपस्थिति पनि श्रीलंकामा बढेको छ।

चीनले श्रीलंकाको हम्बनटोटा बन्दरगाहमा कब्जा जमाएसँगै श्रीलंकाको विषयमा भारत तथा अन्य मुलुकको चासो बढेको हो। जापानी सञ्चारमाध्यमले यदि कोलम्बोको बन्दरगाह निर्माणको लागि केही समय लाग्नसक्ने देखिएको खण्डमा त्यहाँका जहाज हम्बनटोटा पठाउनुपर्ने अवस्था आउने उल्लेख गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ