काठमाडौं। बेल्जियमको राजधानी ब्रसेल्समा मंगलवार बम आक्रमण भएको छ। ब्रसेल्सस्थित जेवनटेम एयरपोर्टमा विहानै दुईवटा बम आक्रमण भएको छ भने स्थानिय मेट्रोमा एक आक्रमण भएको छ। स्थानिय समाचार संस्थाहरुका अनुसार आक्रमणमा परि हालसम्म १७ जनाको मृत्यु भएकाे छ। २० बढी घाइते भएका छन्। ब्रसेल्समा यूरोपियन सम्मेलनको तयारी भइरहँदा आक्रमण भएको हाे ।
घटनापछि एयरपोर्ट तत्काल बन्द गरिएको छ। अधिकारीहरुका अनुसार घटना स्थानिय समय अनुसार विहानको ७ बजे भएको हो। आक्रमणपछि टर्मिनलमा सयौं व्यक्ति फसेका छन। दुई मध्ये एक वम आक्रमण अमेरिकन एयरलाइन्सको डेस्कमा भएको थियो। घटनाको बारेमा अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन।
गत शुक्रवार पेरिस आक्रमणका संदिग्ध व्यक्ति सालेह आब्देस्लामको गिरफ्तारी भएपछि ब्रसेल्स उच्च सुरक्षा सतर्कतामा रहेको थियो। तर पनि आजको यो घटना भएको छ। घटनामा कुनै पनि नेपाली परेको नपरेको वारेमा हालसम्म केहि जानकारी आएको छैन।