arrow

प्रमको चीन भ्रमण : नेपाल साङ्घाई सहयोग सङ्गठनको सदस्य

logo
तीर्थ भट्टराई,
प्रकाशित २०७२ चैत ९ मंगलबार
oli-xi-jing-ping.jpg.jpeg
बेइजिङ । औपचारिक चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा मंगलबार साङ्घाई सहयोग सङ्गठन संवाद साझेदार नेपाल सदस्य भएको समझदारीपत्रमा हस्ताक्षर भएको छ । 
 
क्षेत्रीय विकासको अवधारणामा स्थापित सो सङ्गठनको कार्यालयमा नेपाल सो सङ्गठनको साझेदार बन्ने समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा नेपालका तर्फबाट परराष्ट्र सचिव शङ्करदास वैरागी र उक्त संस्थाका महासचिवले हस्ताक्षर गरे । 
 
यसअघि चीनको बेइजिङस्थित रेनमिन विश्वविद्यालयद्वारा आयोजित ‘एक क्षेत्र एक मार्ग पहलका सन्दर्भमा नेपाल चीन सम्बन्ध’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपाल सदैव एक चीन नीतिको पक्षमा रहेको बताए । प्रधानमन्त्री ओलीले नेपालको कुनै पनि भूभाग चीनको विरुद्ध कुनै हालतमा प्रयोग हुन नदिने बताउँदै नेपाल पञ्चशीलका आधारमा नेपाल चीनबीचको सम्बन्ध सुदृढ रहेको बताए । 
 
प्रधानमन्त्रीले नेपालप्रतिको चीनको सम्मानपूर्ण व्यवहार र विकासका लागि गरेको सहयोग अविस्मरणीय रहेको बताउँदै भने, “नेपाल–चीनबीचको सम्बन्ध सदियौँ पुरानो, प्रगाढ, मैत्रीपूर्ण रहेको र यसलाई अझ प्रगाढ बनाउन चीनको ‘एक क्षेत्र एक मार्ग’ नीति नेपालको विकासका लागि महत्वपूर्ण छ । ” 
 
प्रधानमन्त्री ओलीको आज नेपाली र चिनियाँ व्यापारिक समुदायसँग अन्तक्र्रिया गर्ने र साँझ बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गर्ने चिनियाँ सञ्चारकर्मीसँगको अन्तक्र्रियामा सहभागी हुने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ