arrow

ममताका दुई सहित बंगालका ३ एमएलए बीजेपीमा, 'गद्दारका छोरा'ले पनि छाडे पार्टी

logo
प्रकाशित २०७६ जेठ १४ मंगलबार
bjp-bangal-news.jpg

काठमाडौं । पश्चिम बंगालको लोकसभा चुनावमा १८ सीट जीतेर ठूलो सफलता हाँसिल गरेको भाजपाले तृणमूल काँग्रेसलाई अर्को झड्का दिएको छ । बंगालको सत्ताधारी पार्टी टीएमसीका दुई विधायक र ५० पार्षद बीजेपीमा प्रवेश गरेका हुन् । दिल्लीमा यी नेताहरुले बीजेपीको सदस्यता लिए।

२०१७ मा बीजेपीमा शामेल भएका टीएमसीका पूर्व दिग्गज नेता मुकुल रायका छोरा शुभ्रांशु राय समेत तीन विधायक पार्टीमा प्रवेश गरेका हुन् । एक विधायक वामपन्थी दल सीपीएमका हुन् । शुभ्रांशु राय बीजपुरबाट विधायक बनेका हुन् । उनैलाई तृणमूल काँग्रेसका अध्यक्ष ममता बनर्जीले गद्दारका छोरा भनेर केही दिन अघि मात्रै अभिव्यक्ति दिएकी थिइन् । उनका अलावा विष्णुपुरबाट टीएमसीका विधायक तुषार कान्ति भट्टाचार्य, हेमताबादबाट  सीपीएमका विधायक देवेन्द्र रायले समेत पार्टीको सदस्यता लिएका छन्। 

बीजेपीमा यी नेताहरु शामेल भएपछि दुबै दलहरुमा तनाव सुरु भएको छ । लोकसभा चुनावमा पश्चिम बंगालमा शक्ति प्रदर्शन गरेपछि बीजेपी आक्रामकताका साथ टीएमसी र ममतालाई चुनौती दिने मूडमा देखिन्छ । कुनैबेला ममता बनर्जीको नजिक रहेका मुकुल रायको नेतृत्वमा बीजेपी टीएमसीका नेताहरुलाई आफ्नो पक्षमा ल्याउनको लागि कोशिश गरिरहेका छन् । राय आफैं २०१७ मा बीजेपीमा सामेल भएका थिए । मुकुल रायका छोरा शुभ्रांशुलाई टीएमसी पार्टी विरोधी गतिविधि गरेको आरोपमा पहिले नै पार्टीले निलम्बन गरिसकेको थियो । 

तीन नगरपालिकामा बीजेपीले जमायो कब्जा 
काचरापारा नगरपालिकाका १७ पार्षद बीजेपीमा प्रवेश गरेका छन् । यसमध्ये नगरपालिकाका अध्यक्ष र उपाध्यक्ष समेत १७ पार्षद बीजेपीमा प्रवेश गरेका छन् । कूल २६ पार्षद रहेको यो सदनको  १७ सदस्यहरु बीजेपीमा प्रवेश गरेका हुन् । यसका अलावा दुई अन्य नगरपालिकामा समेत बीजेपीले कब्जा जमाएको छ । 

७ राउण्डमा टीएमसीलाई झट्का दिने तयारीमा बीजेपी 
विधायकहरु र पार्षदहरुलाई बीजेपीमा प्रवेश गराउनको लागि महासचिव कैलाश विजयवर्गीयले टीएमसीलाई अझै झड्का दिइने बताए । विजयवर्गीयले भने यो त अहिले पहिलो चरण मात्रै हो । यस्तै यस्ता ७ वटा चरणमा टीएमसीलाई बीजेपीले झड्का दिनेछ । 

यो पनि पढ्नुहोस् : 

३ महिनामा बंगालमा सरकार ढल्ने भाजपाको दाबी, ममताले आफ्नै एमएलएलाई भनिन् 'गद्दारका छोरा'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ