arrow

चुनाव जितेपनि संसदमा आमा हेमा मालिनीसँग बस्न पाउँदैनन् सनी देवल

logo
प्रकाशित २०७६ जेठ १४ मंगलबार
Hema-Malini-and-Sunny-Deol.jpg

काठमाडौं । भारतमा भएको लोकसभा निर्वाचन २०१९ मा भारतीय अभिनेता सनी देवलले भारतीय जनता पार्टीको तर्फबाट जित हासिल गरेका छन् । उनकी आमा हेमा मालिनीले पनि भाजपाको तर्फबाट जित हासिल गरेकी छिन् । तर, संसद्मा उनीहरु एकैसाथ बस्न नपाउने भएका छन् ।

संसद्मा एकैसाथ बस्न नपाउनुमा उनीहरुको सम्बन्ध भने कारण होइन । हेमा मलिनी सनी देवलभन्दा सिनियर सांसद् हुन् । सनी देवल पहिलोपटक भारतको संसदका लागि निर्वाचित भएका हुन् । यस्तोमा स्रोतले दिएको जानकारीअनुसार हेमा मालिनी संसद्को अगाडिको सिटमा बस्नेछिन् । नवनिर्वाचित सांसद् सनी देवल भने पछाडिको सिटमा बस्नेछन् ।

अभिनेता सनी देवल पहिलो पटक राजनीतिक मैदानमा उत्रिएका थिए । उनी भारतीय जनता पार्टीमा केही महिना अघि प्रवेश गरेर सोही पार्टीबाट पञ्जावको गुरदासपुर क्षेत्रका उम्मेदवारी दिएका थिए  । सनी देवलले पञ्जावको गुरदासपुरबाट निर्वाचनमा जित हासिल गरेका हुन् । सनी देवलले कांग्रेसका सुनील जाखडसँग प्रतिस्पर्धा गरेका थिए । यो सिट भाजपाको पारम्परिक सिट मानिन्छ । यसअघि यो सिटमा दिवंगत अभिनेता विनोद खन्ना चुनाव लड्ने गर्थे ।

सनीले कांग्रेसका सुनीलकुमार जाखडलाई ७७ हजार १०७ मतले पराजित गर्दै विजय भएका थिए ।  विपक्षी दल कांग्रेसले राम्रो नतिजा ल्याएको सो प्रदेशमा सनी भने भाजपाको तर्फबाट विजयी भएका हुन् ।

कुनै समय ‘ड्रिम गर्ल’ उपनाम पाएकी नायिका हेमा मालिनी पनि भारतीय जनता पार्टीबाटै निर्वाचित भइन् । यूपीकी मथुराको सिटबाट हेमा मालिनीले जित हासिल गरेकी हुन् ।उनले राष्ट्रिय लोकदल तथा गठबन्धन उम्मेदवार नरेन्द्र सिंहलाई २ लाख ९३ हजार ४७१ मतले पराजित गरिन् ।

समाचारमा बताइएअनुसार सनी देवलले गुरदासपुरका मानिससँग तथा आफ्नो राजनीतिक दलसँगको छलफलपछि समस्याको सूची तयार पारेका छन् । यसमा उनले अब छिटै नै काम शुरु गर्ने बताएका छन् ।

यो पनि पढ्नुहोस् :

हेमा मालिनी र सनी देवलले चुनाव जितेपछि नाचे धर्मेन्द

सनी देवलसँग ५० करोडभन्दा बढीको ऋण

कस्तो छ सनी र हेमाबिचको सम्बन्ध

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ