arrow

इयूमा भाँडभैलो, नेतृत्व लिन माथापच्ची 

logo
प्रकाशित २०७६ जेठ १५ बुधबार
eu1.jpg

काठमाडौं । इयूको संसदका लािग भएको निर्वाचनपछि मुख्य भूमिका कसलाई दिने भन्ने विषयमा नेताहरुबीच माथापच्ची देखिएको छ । एकले अर्कालाई आरोप प्रत्यारोपसमेत गर्न भ्याएका छन् । 

विशेषगरी फ्रान्स र जर्मनीबीच विवाद देखिएको छ । इयूमा ठूला मानिएका मध्य दक्षिणपन्थी र मध्य वामपन्थी समूहले आफ्नो बहुमत गुमाएपछि कसलाई मुख्य भूमिका दिने भन्नेमा विवाद देखिएको हो । 

जर्मनीकी चान्सलर एङ्गेला मर्केलले मध्य दक्षिणपन्थी उम्मेदवार मानफ्रेड वेबरलाई युरोपेली आयोगको नयाँ अध्यक्ष बनाउन चाहेकी छिन् भने फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंले भने वेबरलाई सम्भावित तीन उम्मेदवारमा समेत उनको नाम उल्लेख गरेका छैनन् ।

प्रत्येक पाँच वर्षमा ७५१ सदस्यीय इयू संसदका लागि २८ सदस्य देशमा प्रत्यक्ष निर्वाचन हुने गर्दछ । पाँच वर्षका लागि कसले नेतृत्व लिने भन्ने टुंगो लाग्न नसक्दा विवाद पनि बढ्दै गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ