arrow

घरमा सुनको छानो हुनेले फेरि पाए अवसर, चुनाव हारेपछि प्रदेश अध्यक्ष

logo
प्रकाशित २०७६ जेठ १५ बुधबार
scindia-mahal.jpg

काठमाडौं । घरमा सुनकै छानो र घरको भित्तामा समेत सुनको पेन्टिङ लगाएका विलासी नेता हुन् ज्योतिरादित्य सिंधिया । लोकसभा चुनावको मतपरिणामको क्रममा सुरुदेखि नै दोस्रो स्थानमा चित्त बुझाउन बाध्य स्व माधवराव सिंधियाका छोरा ज्योतिरादित्य सिंधियाले अन्तत भारतको १७ औं लोकसभा चुनाव हारे । सिंधियाले झण्डै सवालाख मतका साथ चुनाव हारेका हुन् । 

तर, लोकसभा चुनाव हारेपनि उनलाई मध्यप्रदेशको पार्टीको कमाण्ड सम्हाल्ने जिम्मेवारी दिन लागिएको छ । लोकसभा चुनावमा कमजोर स्थितिमा समेटिएपछि एकातर्फ राहुल गान्धी पार्टी अध्यक्ष पदबाट राजीनामा दिने मनस्थितिमा देखिन्छन् भने अर्काे तर्फ अलग-अलग प्रदेशहरुबाट कांग्रेसको हारमा आफैंलाई जिम्मेवार मान्दै राजीनामा दिने क्रम चलिरहेको छ । 

यसैबीच मध्यप्रदेशमा पनि मुख्यमन्त्री एवं काँग्रेसका मध्य प्रदेश प्रमुख कमलनाथ विरुद्ध समेत माहोल बढीरहेको छ । त्यहाँ ज्योतिरादित्य सिंधियालाई प्रदेश अध्यक्ष बनाउनको लागि माग हुन थालेको छ । मंगलवार पार्टी अध्यक्ष राहुल गान्धीद्वारा सिंधियालाई दिल्लीमा रोकिनको लागि आग्रह गरेपछि उनले मध्यप्रदेशमा गर्न लागेको र्याली समेत स्थगित गरेका छन् । यसले पनि उनलाई अध्यक्ष बनाउने तयारी धेरै अघि बढीसकेको देखिन्छ । अल इण्डिया कांग्रेस कमिटीका महासचिव दीपक बाबरियाले मध्य प्रदेशमा एक महिना भित्र भिन्न प्रदेश अध्यक्ष चयन गरिने यस अघि नै बताएका थिए । 

चुनावमा सिंधियाभन्दा अघि रहेका भारतीय जनता पार्टीका उम्मेदवार कृष्णपाल सिंहले ४ लाख ८६ हजार मत ल्याउँदा सिंधियाले केवल ३ लाख ७६ मत ल्याएका थिए । भाजपाबाट राजस्थानका पूर्व मुख्यमन्त्री वसुन्धरा राजे सिन्धियाका भतिजा एवं कांग्रेसका वरिष्ठ नेता समेत रहेका स्व माधवराव सिंधियाका छोरा हुन् ज्योतिरादित्य सिंधिया । लोकसभा चुनावको छैठौं चरणमा सबैभन्दा धनी उम्मेदवारको रुपमा समेत उनी चिनिएका थिए । उनी मध्य प्रदेशको गुनाबाट सांसदका उम्मेदवार हुन्।

सिंधियासँग पैतृक सम्पत्तिमा ४० एकडमा फैलिएको ग्वालियरको जय विलास दरबार रहेको छ । यस महलको वैभव पूरा भारतमा फैलिएको छ । यसको भित्तामा सुनको पेन्टिङ गरिएको छ । राजसी वैभवबाट भरिएको यस महलमा भोजन बाँड्नको लागि चाँदीबाट बनेकफ ट्रेन चल्दछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ