भावार्थ
संस्कृत भाषालाई पुनः अस्तित्वमा ल्याउनको लागि धेरै मानिसहरु अहिले पनि प्रयासरत छन् । तथापि संस्कृतले अहिले आफ्नो योग्य स्थान पाउन सकेको छैन । त्यसैले हामी संस्कृतलाई यो पनि भन्न सक्दछौं कि संस्कृतमाति लागेको रोगको निदानको लागि यावत औषधिहरु आवश्यक रहेको छ । तर, संस्कृतले अलिकति पनि पाउन सकेको छैन । परापूर्व कालमा त संस्कृतको गौरवमय पद मिल्ने गरेको थियो । यसको उदाहरणको लागि हामी यो देख्न सक्छौं संस्कृत भाषामा जति पाण्डुलिपीहरु अन्य कुनैपनि भाषामा लेखिएकोछैन । यद्यपि धेरै पाण्डुलिपीहरु प्रकाशन हुनुपूर्व नै नष्ट भए ।
संसारमा यस्तो कुनैपनि विषय नहोला जुन संस्कृत पुस्तकमा नभएको होस् । सबै आधुनिक विज्ञानको विषयमा समेत स्रोतहरु संस्कृत ग्रन्थमा भेटिन्छ । संस्कृत कुनैपनि प्रान्तको मात्रै भाषा होईन । यो सम्पूर्ण देशको भाषा हो । सम्पूर्व देशहरुमा संस्कृत प्रति समादर भाव देखिन्छ । नेपाल र भारत लगायतका देशहरुमा त आफ्नो जीवनको कामकाजको भाषा समेत बनाउने गरिएको छ । तर पनि संस्कृतले आफैंमा योग्य स्थान पाउन सकेको छैन । यो विषयमा यदि हामी सोच विचार राख्दछौं भने मात्रै हामी यसलाई कसरी प्रसार गरेर यो भाषालाई उन्नति शिखरमा पुर्याउन सक्दछौं ? भन्ने विषय देख्न सक्दछौं ।
संस्कृतको संरक्षणको एक मात्र कारण राज्याश्रय हो । उदाहरणको लागि टर्कीमा एकताका फ्रेन्च भाषाको दबदबा थियो । तर, एक्कासी राज्यले तुर्क भाषालाई राजभाषाको रुपमा मान्ने निर्णय गर्यो । मुगल शासनमा अरबी लिपिमा लेखिने उर्दूभाषा राजभाषाा भयो । अहिले सो भाषाको प्रयोग न्यायालयमा समेत अन्य राज्य कार्यको लागि समेत प्रयोग गर्ने गरिएको छ । भारत र नेपालमा समेत संस्कृत अनुरागी यस्ता शासकहरु कोही पनि भएनन् । जसले अकस्मात् संस्कृतलाई राजभाषा स्वीकार गरोस् । संस्कृतको नाममा राजनीति गरेर सबै दलहरुले शासनसत्ता समेत सम्हालिसकेका छन् । विशेषगरी भारतमा अहिले पनि सोही अवस्था छ । यद्यपि उनीहरुमा केही पनि इच्छाशक्ति देखिँदैन ।
अर्को संस्कृतलाई कमजोर बनाउने कारण हो यस भाषाको माध्यमले पढाउन नसक्नु । भारतमा यद्यपि संस्कृत भारती आदि संस्थाहरुको कारणले यत्र तत्र संस्कृत भाषा बोल्ने प्रयत्न त चलिरहेको छ । तर, सबैतिर यस्तो स्थिति देखिँदैन । जहाँ संस्कृतको माध्यमबाट भाषा पढाईयोस ् । यदि संस्कृतको शिक्षा सबैतिर दिने हो भने यो भाषा यथाशीघ्र देशव्यापी बन्न सक्थ्यो । तर, विडम्बना हाम्रा संस्कृत शिक्षकहरुलाई नै संस्कृत बोल्न आउँदैन । त्यसैले यसको लागि सबैभन्दा पहिले संस्कृत शिक्षक शिक्षिकाहरुलाई सम्भाषण तालिम दिनुपर्ने देखिन्छ ।