arrow

मुस्लिम धर्मविरोधी गतिविधि गरेको भन्दै पाकिस्तानमा हिन्दू डक्टर पक्राउ

logo
प्रकाशित २०७६ जेठ १५ बुधबार
hindu-doctor-blasphemy-pakista.jpeg

काठमाडौं। सोमबार पाकिस्तानमा एक हिन्दू डक्टर पक्राउ परेका छन्। प्रहरीले उनले मुस्लिम धर्मका ईश्वरको निन्दा गरेको आरोपमा पक्राउ गरेको हो। उनलाई पाकिस्तानको दक्षिण सिन्ध प्रान्तबाट पक्राउ गरिएको हो। रमेश कुमार नाम गरेका डक्टरलाई प्रहरीले पक्राउ गरेको हो। डक्टरसँग आक्रोशित बनेका प्रदर्शनकारीले मिर्पुखासस्थित फुलाडियोनमा रहेको हिन्दूका पसलमा आगो लगाइदिएका छन्।  

स्थानीय मस्जिदका प्रमुख मौलभी इशाक नोह्रीले प्रहरीमा डक्टरले मुस्लिमको पवित्र ग्रन्थ च्यातेको र त्यसले औषधि पोको पारेर दिएको उजुरी दिएका छन्। स्थानीय प्रहरी चौकीका प्रमुख जाहिद हुसेन लेघारीले उनीविरुद्ध मुद्दा दायर गरिएको बताएका छन्। लेघारीले यस विषयमा आवश्यक अनुसन्धान गरिने र डक्टरलाई सुरक्षित स्थानमा सारिने बताएका छन्।

पाकिस्तान हिन्दू परिषद्ले पाकिस्तानी अल्पसंख्यकमाथि व्यक्तिगत रिसिइबीको आधारमा यसअघि पनि आक्रमण हुने गरेको आरोप लगाउँदै आएको छ। पाकिस्तानमा अर्को धर्मको भावनामा ठेस पुर्‍याउने काम गरेको आरोपमा सन् १९८७ देखि २०१६ सम्मको अवधिमा १ हजार ४७२ जना मानिसमाथि मुद्दा दायर भएको छ। जसमा धेरैजसो हिन्दू पक्राउ परेका छन्।

आधिकारिक आँकलनअनुसार पाकिस्तानमा ७५ लाख हिन्दू छन्। तर, हिन्दू समुदायका अनुसार ९० लाख हिन्दू अहिले पाकिस्तानमा बसोबास गर्दै आएका छन्। पाकिस्तानमा ठूलो संख्यामा हिन्दूको बसोबास रहेको प्रान्त सिन्ध प्रान्त हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ