arrow

सी चिनफिङले रुसको भ्रमण गर्ने

logo
प्रकाशित २०७६ जेठ १५ बुधबार
xi-putin1.jpg

बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले आगामी जुन ५ देखि ७ सम्म रुसको भ्रमण गर्ने भएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणमा राष्ट्रपति सी रुसको भ्रमण गर्न लागेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले घोषणा गरेका छन् ।

राष्ट्रपति सीले रुसमा रहँदा २३औं सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चको बैठकलाई सम्बोधन गर्ने पनि प्रवक्ता लु काङले बताए ।

दुबै नेताबीच द्वीपक्षीय सम्बन्धका साथै अन्तर्राष्ट्रिय मामिलाका बारेमा छलफल गर्नुहुने काङले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ