arrow

भारतमार्फत् हुँदै आएको तेस्रो मुलुकको व्यापार चीनबाट गरिने

logo
प्रकाशित २०७६ जेठ १५ बुधबार
budget-khatiwada1.jpg

काठमाडौं । सरकारले भारतमार्फत् हुँदै आएको तेस्रो मुलुकको व्यापार चीनबाट गर्ने बताएको छ । बुधबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । उनले अहिलेसम्म भारतमार्फत् हुँदै आएका सबै तेस्रो देशसँग हुने व्यापार चीन मार्फत् हुने उल्लेख गरेका छन् । यद्यपि भौगोलिक विकटताको विषयमा भने उनले केही पनि उल्लेख गरेनन् । 

यसका साथै अर्थमन्त्री खतिवडाले अनावश्यक आयात रोक्न आवश्यक कानून बनाईने पनि बताएका छन् । खाद्य तथा पेय पदार्थको गुणस्तर तोकेर मापदण्ड नपुगेकालाई प्रतिबन्ध लगाउने पनि उल्लेख गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ