- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इंगल्याण्डका ब्याट्सम्यान जोस बटलर यो विश्वकपका महत्वपूर्ण खेलाडी हुन् । उनी विपक्षी टोलीका लागि खतरा साबित हुनसक्छन् । बटलरले भारतीय ब्याट्सम्यान विराट कोहलीलाई एक फर्म ब्याट्सम्यान रहेको बताएका छन् ।
बटलरले कोहलीको तारिफ गर्नुका साथै अष्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथबाट पनि धेरै कुरा सिकेको बताएका छन् । उनले विश्व क्रिकेटका लागि दुवै खेलाडी निकै महत्वपूर्ण रहेको बताएका छन् । उनले आईपीएलमा स्टिभ स्मिथलाई नजिकैबाट नियालेको पनि बताएका छन् । उनले स्मिथले अभ्यास गरिरहेको देख्नु निकै शानदार रहेको बताएका छन् ।
इंगल्याण्ड यस वर्षको विश्वकप उपाधि आफ्नो नाममा गर्न चाहन्छ । यो प्रतियोगिता ३० मे देखि शुरु हुन गइरहेको छ । बटलरले यस वर्ष इंगल्याण्डले विश्वकप जित्ने विश्वास पनि व्यक्त गरे । उनले अहिले विश्वभर हरेक टोलीमा केही खतरानक खेलाडी रहेको पनि उल्लेख गरे ।
उदाहरणका लागि वेस्टइन्डिजका क्रिस गेललार्ई लिन सकिने उनको भनाइ छ । उनले अहिले आफूमा विश्वास राख्नु इंगल्याण्डका लागि आवश्यक रहेको बताएका छन् ।