arrow

काठमाडौंको होली : छाडा भई हिड्ने एक सय बढी प्रहरी नियन्त्रणमा

logo
प्रकाशित २०७२ चैत ९ मंगलबार
holi-new-taswir.jpg.jpeg
काठमाडौं । यस पटक काठमाडौं उपत्यकामा होली शान्तिपूर्ण वातावरणमा भएको छ । विगतका वर्षको तुलनामा यसपटक कुनै अप्रिय घटना नघटेको प्रहरीले जनाएको छ । शान्तिपूर्ण वातावरणमा होली मनाइरहेको र विगत भन्दा छाडापनमा समेत कमि आएकोे महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी विक्रम थापाले हाम्राकुरालाई जानकारी दिए ।
 
यद्यपि, उश्रृंखल गर्ने १ सय बढी युवा युवती पक्राउ परेका एसएसपी थापाले जानकारी दिए । पक्राउ परेकाहरुलाई छानविनपछीमात्रै छोड्ने वा कारबाही गर्ने यकिन हुने थापाको भनाई छ । २४ घण्टा राखेपछि पक्राउ परेकाबारे टुंगो लाग्छ, थापाले भने, ‘पक्राउ परेकाहरुमा झगडा गर्ने र महिला जबरजस्ती समात्ने क्रियाकलापमा भने संलग्न छैनन् ।’
 
होली विगत भन्दा राम्रो भयो । छाडा भएर हिड्नेहरु यसपटक कम देखिए–थापाले भने । प्रहरीले विशेष सुरक्षा अभियान अन्तर्गत बजरजस्ती लोला हान्ने, बाटोमा मादक पदार्थ सेवन गर्दै हिँड्ने, भाङ धतुरो सेवन गर्नेलाई सार्वजनिक अपराध अन्तर्गत कारबाही गर्ने घोषणा गरेको थियो ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ