arrow

आय करको सीमा बढ्यो, अब कति कमाई हुनेले तिर्नुपर्छ कर ?

logo
प्रकाशित २०७६ जेठ १५ बुधबार
budget-khatiwada12.jpg

काठमाडौं । सरकारले आयकरको सीमा बढाएको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट पेश गर्दै यस्तो बताएका हुन् । जस अन्तर्गत् विवाहित व्यक्तिले वार्षिक साढे ४ लाख रुपैयाँसम्म र अविवाहितको हकमा वार्षिक ४ लाख रुपैयाँसम्मको कमाईमा कर तिर्नु नपर्ने भएको हो । 

सरकारको आगामी आर्थिक वर्षको बजेट १५ खर्ब ३२ अर्बको रहने भएको छ । बुधबार अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा पेश गर्दै कूल बजेटको आकार बताएका हुन् । 

जुन बजेट अन्तर्गत चालू खर्च तर्फ ९ खर्ब ५७ अर्ब र पुँजीगत तर्फ ४ खर्ब ८ अर्ब रुपैयाँ रहेको छ । पुँजीगत खर्च कूल बजेटको २६ प्रतिशत हुन आउँछ । यो अघिल्लो आर्थिक वर्षमा २३ प्रतिशत थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ