arrow

दाङ क्षेत्र नम्बर ३ मा कांग्रेसका तीन पदाधिकारी मनोनयन

logo
प्रकाशित २०७२ चैत ९ मंगलबार
Dang-hamrakura.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ मा पदाधिकारी मनोनयन भएका छन् । मंगलबार बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले पदाधिकारी मनोनयन गरेको हो । बैठकले उपसभापतिमा कमल भगतसिंह भण्डारी, सचिवमा कमल गौतम, सहसचिवमा प्रकाश सुवेदीलाई मनोनयन गरेको हो । जेष्ठ सदस्य डिल्लीबहादुर बस्नेतलाई वरिष्ठ सदस्यमा मनोनयन गरिएको छ । बैठकले नेपाली कांग्रेसको १३ औँ महाधिवेशन सफल बनाउनकालागी आफ्नो क्षेत्रबाट सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिदै नवनिर्वाचित केन्द्रिय नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गरेको छ । 
 
यस्तै बैठकले कांग्रेस क्षेत्र नम्बर ३ का उपसभापति भगतसिंह भण्डारीकी आमा अम्वीका भण्डारी, कांग्रेस क्रीयाशील सदस्य टेकबहादुर थापा, प्रजातान्त्रीक सेनानी त्रिपुर ५ का लक्ष्मीप्रसाद ओझा, कांग्रेसका सुवेच्छुक खुमबहादुर डाँगीका छोरा मिलन डाँगी, कांग्रेसका सदस्य जयन्ती बस्नेत र घोराही १० का गोपाल देवकोटाको श्रीमती सरता देवकोटाको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । बैठकमा आगामी दिनमा गर्ने कामको बारेमा पनि छलफल भएको क्षेत्रीय सभापति भुपबहादुरले डाँगीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ