arrow

ग्रेटवालमा दैनिक ६५ हजार पर्यटक

logo
प्रकाशित २०७६ जेठ १५ बुधबार
The-Great-Wall-Of-China.jpg

बेइजिङ । चीनको विश्वप्रसिद्ध पर्खाल ग्रेट वाल भ्रमणका लागि दैनिक ६५ हजार पर्यटक पुग्ने गरेका छन् । ग्रेट वाल भ्रमणको लागि पुगेका पर्यटकहरु दैनिक ६५ हजार जना पुग्ने गरेको बेइजिङ युथ डेली पत्रिकाले बुधबार जानकारी दिएको छ ।

उक्त दैनिक पत्रिकाले गएको जुन १ देखि गरेको अध्ययनमा सो तथ्यांक भेटिएको समाचारमा जनाइएको छ । बेइजिङबाट ६० किलोमिटर उत्तरपश्चिम क्षेत्र याङ्किङ काउन्टीबाट लिइएको तथयांकमा सो संख्याका पर्यटकहरुले ग्रेट वालको भ्रमण गरेको भेटिएको हो ।

ग्रेट वाल चीनको प्रख्यात पर्यटकीय संरचना हो । चीन जाने विदेशी पर्यटकहरुका साथै स्वदेशी पर्यटकका लागि पनि ग्रेट वाल एक ठूलो आकर्षण हो ।

सन् १९५० यता सो ग्रेट वालमा विदेशका उच्चस्तरीय व्यक्तित्व र राष्ट्र प्रमुखहरुलगायत पुग्ने गरेको पाइन्छ । यद्यपी ग्रेट वाल बेइजिङको एक मात्र पर्यटन स्थल भने होइन ।

ग्रेट वालमा मात्र गत वर्ष करिब एक करोड पर्यटक पुगेका थिए । उक्त दैनिक पत्रिकाले दिएको तथ्यांकमा सो जानकारी दिइएको छ ।
बेइजिङमै रहेको प्यालेस मुजियममा पनि ठूलो संख्याका पर्यटकहरु आउने गरेका छन् । सोही दैनिक पत्रिकाले दिएको जानकारीअनुुसार त्यहाँ एक दिनमा नै ८० हजार पर्यटक जाने गरेका छन् ।

यस वर्षको अप्रिलबाट राष्ट्रिय मुजियम अफ चाइनाले दैनिक ३० हजार पर्यटक पुग्ने गरेका छन् । उक्त म्युजियमले हरेक दिन ३० हजार जना पर्यटकले मात्र त्यहाँ भ्रमण गर्न पाउने गरी सो योजना बनाएको हो । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ