arrow

विश्वकप क्रिकेटको १२ औं संस्करण, इंगल्याण्ड र दक्षिण अफ्रिका भिड्दै 

logo
प्रकाशित २०७६ जेठ १६ बिहिबार
world-cup1.jpg

काठमाडौं । विश्वकप एक दिवसीय क्रिकेटको १२ औं संस्करण बिहीबारदेखि सुरु हुँदैछ । लण्डनस्थित दि ओभलमा दिउँसो एक भव्य कार्यक्रमका बीच प्रतियोगिताको औपचारिक उद्घाटन हुँदैछ ।

उद्घाटन खेलमा आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रिका भिड्दै छन् । खेल दिउँसो ३ः१५ बजे सुरु हुँदैछ । 

एक दिवसीय वरियतामा इंगल्याण्ड शीर्ष स्थानमा छ भने दक्षिण अफ्रिका तेस्रो स्थानमा छ । दुवै बीचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । दुवै टिमले अहिलेसम्म विश्वकप उचालेका छैनन् । 

अहिलेसम्म इंगल्याण्डले तीन पटक फाइनल खेलिसकेको छ भने दक्षिण अफ्रिका फाइनलसम्म पुगेको छैन । 

घरेलु मैदान दि ओभलमा इंग्ल्याण्डले सन् २०१५ देखि कुनै एक दिवसीय खेल हारेको छैन । 

यसपटकको विश्वकपमा १० टोली सहभागी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ