arrow

होली खेल्नेले कसरी भाँचे वानेश्वरको सोलार पोल?

logo
प्रकाशित २०७२ चैत ९ मंगलबार
holi-solar.jpg.jpeg
काठमाडौं। यस पटक काठमाडौं उपत्यकामा होली शान्तिपूर्ण वातावरणमा भएको छ। विगतका वर्षको तुलनामा यसपटक कुनै अप्रिय घटना नघटेको प्रहरीले जनाएको छ। शान्तिपूर्ण वातावरणमा होली मनाइरहेको र विगत भन्दा छाडापनमा समेत कमि आएको महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी विक्रम थापाले हाम्राकुरालाई जानकारी दिएका छन्। 
 
यद्यपि, उश्रृंखल गर्ने १ सय बढी युवा युवती पक्राउ परेका एसएसपी थापाले जानकारी दिए। पक्राउ परेकाहरुलाई छानविनपछी मात्रै छोड्ने वा कारबाही गर्ने घटना हेरेर यकिन हुने थापाको भनाई छ। २४ घण्टा राखेपछि पक्राउ परेकाबारे टुंगो लाग्छ, थापाले भने, ‘पक्राउ परेकाहरुमा झगडा गर्ने र महिलालाई जबरजस्ती समात्ने क्रियाकलापमा भने संलग्न छैनन्।’
 
होली विगत भन्दा राम्रो भयो। छाडा भएर हिड्नेहरु यसपटक कम देखिए–थापाले भने। प्रहरीले विशेष सुरक्षा अभियान अन्तर्गत बजरजस्ती लोला हान्ने, बाटोमा मादक पदार्थ सेवन गर्दै हिँड्ने, भाङ धतुरो सेवन गर्नेलाई सार्वजनिक अपराध अन्तर्गत कारबाही गर्ने घोषणा गरेको थियो।
 
मंगलवार नै होली खेल्न निस्केकाहरुले नयाँ वानेश्वरको सोलार वत्ती राखेको एक पोल भाचिदिएका छन्। सडकको बीचमा रहेको सोलार बत्ती राखेको पोलमा सवारी साधन लगेर ठोक्काएपछि सोलार पोल सडकमा भाच्चिएर लडेको हो। घटना पछि सवारी साधनमा सवार व्यक्तिलाई मादक पदार्थ सेवन गरेको नगरेको जाँच गर्ने र उपचारका लागि नजिकको अस्पतालमा लगिएको प्रहरीले जनाएको छ। केहि महिना पहिले माइतिघरमा पनि यस्तै सवारी दुर्घटनामा एक सोलार पोल भाँचिएको थियो। 
 
नयाँ वानेश्वरमा सार्क सम्मेलनताका सडक विस्तार गरेपछि सोलार वत्ती जडान गरिएको थियो। प्रहरीले मादक पदार्थ पिएर उच्छृङखल हर्कत गर्ने र सवारी साधन चलाउनेलाई पनि कार्वाही गर्ने बताएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ