arrow

२०२० को एसिया कप आयोजनको जिम्मा पाकिस्तानलाई

logo
प्रकाशित २०७६ जेठ १६ बिहिबार
Asia-Cup-2020.jpg

काठमाडौं । एशिया कप २०२० को आयोजनको जिम्मा पाकिस्तानले पाएको छ । यो प्रतियोगिता आगामी वर्षको सेप्टेम्बरमा टी–२० विश्वकपभन्दा पहिलो खेलिने छ । आईसीसीका धेरै मुलुकले पाकिस्तानमा क्रिकेट नखेल्ने भएको कारण यो प्रतियोगिता यूएईमा खेलिनसक्ने अनुमान गरिएको छ ।

पाकिस्तानले आफ्नो घरेलु खेल यूएईमा नै खेल्दै आएको छ । सिंगापुरमा मंगलवार एसियाली क्रिकेट परिषद् (एसीसी)को बैठकमा पाकिस्तानलाई आयोजनको जिम्मा दिने निर्णय भएको हो । यो प्रतियोगिता टी–२० फम्र्याटमा हुनेछ ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)का स्रोतका अनुसार एसीसीको बैठकमा पाकिस्तानले आफ्नो मुलुकमा नै यो प्रतियोगिता आयोजना गर्ने बताएको थियो । तर, प्रतियोगिताको स्थानको फैसला एसीसीका अन्य सदस्य मुलुकसँगको सहकार्यको आधारमा तय गरिनेछ ।

प्रतियोगिता आयोजनाको समयमा राजनीतिक सुरक्षाको स्थितिलाई हेरेर बाँकी निर्णय गरिनेछ । यदि पाकिस्तानमा यो प्रतियोगिता आयोजना गर्न सकिने अवस्था नभए अन्य तटस्थ स्थानमा यो प्रतियोगिता आयोजना गर्ने पाकिस्तानले बताएको छ ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले भने भने यो प्रतियोगिताको आयोजना यूएईमा गर्न सुझाव दिएको छ । यसअघि भारतले आयोजना गरेको एसिया कप पनि यूएईमा सम्पन्न भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ