arrow

पाल्पाली मौलिक फागुबाट एक लाख संकलन

logo
प्रकाशित २०७२ चैत ९ मंगलबार
palpali-fagu-new.jpg.jpeg
काठमाडौं । ९ चैत । पाल्पाली कलाकारहरुको संस्था सहयात्रा नेपालले भक्तपुरको काँडाँघारी स्थित एउटै टोलमा पाल्पाली मौलिक फागु खेलेर झण्डै एक लाख रुपैया दक्षिणा संकलन गरेको छ । कला संस्कृतिको संरक्षणका लागि भन्दै सहयात्रा नेपालले पहिलो पटक काठमाडौंमा फागु खेलेको हो ।
 
बरिष्ठ लोकगायक तथा संगित अुसन्धानकर्ता नारायण रायमाझीको नेतृत्वमा पाल्पाली मौलिक फागु गित गाइएको थियो । उनलाई राष्ट्रिय लोकदोहोरी गित प्रतिष्ठानका पुर्वअध्यक्ष दुर्गा रायमाझी, वर्तमान अध्यक्ष चन्द्र शर्मा, सचिव शिरीश देवकोटा, केन्द्रीय सदस्य नविन पौडेल, अन्य लोकगायकहरु इन्द्र जीसी, सेमन्तमणी खराल, अमृत अधिकारी, शिव हमाल लगायतले साथ दिए ।  
 
पाल्पाली मौलिक फागुमा पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सहितका विशिष्ट व्यक्तित्वहरु पनि नाच्दै गाँउदै सहभागी भए । सो अवसरमा सहभागिले पाल्पाको फागु दुर्लभ खालको भएकाले संरक्षण र प्रवद्र्धन गर्नु पर्नेमा जोड दिए ।  
 
स्थानीय केशव आचार्यको घरमा सामुहिक रुपमा खेलिएको होलीमा सवै टोलबासीबाट संकलन गरेको झण्डै एक लाख रुपैया दक्षिणा आचार्यले सहयात्राका अध्यक्ष दुर्गा रायमाझीलाई हस्तान्तरण गरे । अध्यक्ष रायमाझीले संकलित दक्षीणा पाल्पाको कला संस्कृतिको संरक्षणका लागि उपयोग गरिने जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ