arrow

राममन्दिर निर्माणको आश्वासन पुरा गर्न मोदीसँग माग, नत्र हिन्दू समाजले देशव्यापी आन्दोलन गर्ने

अष्टम अखिल भारतीय हिन्दू राष्ट्रको अधिवेशन

logo
प्रकाशित २०७६ जेठ १६ बिहिबार
ABHA_D3_Ph1.JPG

 भारत ।  हिन्दू जनजागृति समितिका राष्ट्रीय मार्गदर्शक सद्गुरु डा. चारुदत्त पिंगले अयोध्याको राममन्दिर याचिकाको सुनवाईमा सर्वोच्च अदालतले समय व्यर्थ खर्च गरिरहेको बताएका छन् । अष्टम अखिल भारतीय हिन्दू राष्ट्र अधिवेशनमा पिंगले राममन्दिर निर्माण हिन्दूहरुको अपेक्षा रहेको भन्दै  भाजपाले पहिलाको कार्यकालमा नै राममन्दिर निर्माणको विषयमा अध्याय ल्याउनु पर्ने बताए ।

उनले भने, 'यस पटकको लोकसभा चुनावमा पनि भाजपाले राममन्दिर निर्माणको आश्वासन दिएको छ । त्यसैले अब जनताको विश्वासको सम्मान गर्न, सरकार स्थापना भएपछि तुरुन्तै राममन्दिर निर्माणको आश्वसन पूरा गर्नको लागि प्रयत्न गर, यो अपेक्षा छ ।'

 भाजपा सरकारले इलाहाबादको नामकरण ‘प्रयागराज’ गरेर कुंभमेलाले पनि सफलतापूर्वक आयोजन गरेको सुनाउदै उनले भने,'यो एउटा राम्रो कार्य हो; तर राममन्दिरको निर्माण नभएको कारण हिन्दूको मनमा ‘आश्वासन दिएर विश्वासघात गर्ने’ भावना प्रबल हुन सक्छ।'

कार्यक्रममा प.पू. भागीरथी महाराज, स्वामी श्रीरामज्ञानीदासजी महाराज, बंगालको श्री सत्यानंद महापीठको स्वामी आत्मस्वरूपानंदजी महाराज, सनातन संस्थाको धर्मप्रसारक सद्गुरु नंदकुमार जाधव तथा सदगुरु (डॉ.) चारुदत्त पिंगळेजीले दीपप्रज्वलन गरेर सुरुवात गरेका थिए ।

कार्यक्रममा नीलेश सिंगबालले अधिवेशनको उद्देश्य बताएका थिए । २९ मेदेखि ४ जूनसम्म  चल्ने अधिवेशनको प्रथम दिवसमा भारत र बांग्लादेशबाट अनेक हिन्दूत्वनिष्ठ संगठनका २४० भन्दा ज्यादा प्रतिनिधि उपस्थित छन् ।

अखिल भारतीय हिन्दू राष्ट्र अधिवेशनले हिन्दू विधिज्ञ परिषदका राष्ट्रीय सचिव अधिवक्ता संजीव पुनालेकरलार्इ ड. दाभोलकर हत्या प्रकरणमा ‘सीबीआई’ ले अन्यायपूर्वक बन्दि बनाएकोमा खेद प्रकट गरेको छ ।

हिन्दू फ्रन्ट फर जस्टिसका अध्यक्ष अधिवक्ता हरिशंकर जैनले राममन्दिरको  निर्माण नभएमा हिन्दू समाज देशव्यापी आन्दोलन आरम्भ गर्ने बताए ।  जैनले भने ,'राममन्दिर हिन्दू स्वाभिमानको विषय हो । २०१४ मा भाजपाले राममन्दिर निर्माणको आश्वासन दिएको थियो, तर यो पूरा गरेन । प्रधानमन्त्री मोदीलार्इ हिन्दूत्वको कार्य गर्नको लागि हिन्दूले फेरि एक पटक पुनः बहुमतले चुनेको छ । त्यसैले अब त भाजपा शासन कमसे कम अध्याय निकालेर राममन्दिर निर्माणको मार्ग प्रशस्त नगरे मन्दिर निर्माण भएन भने देशको हिन्दू समाज क्रुद्ध हुनेछन् र देशव्यापी आन्दोलन आरम्भ गर्नेछ ।'

अधिवेशनमा सर्वोच्च न्यायालयका अधिवक्ता  राजेन्द्र वर्माले वर्तमान न्यायव्यवस्थामा न्याय नरहेको बताए । अधिवक्ता वर्माले भने,'वर्तमान न्यायव्यवस्थामा निर्णय मिल्दछ, न्याय मिल्दैन ! न्यायालयमा राममन्दिरको मुद्दाले हल हुँदनै । यसको लागि हामी संविधान भन्दा अगाडि गएर विचार गर्नुपर्छ । यसको लागि जनआन्दोलन अनि हिन्दूहरु बीच सहकार्य गर्न आवश्यकता छ । आध्यात्मिक बलको आधारमा नै सामाजिक राष्ट्रिय विकास हुन्छ । अल्पसंख्यकको तुष्टीकरण एउटा ठूलो षड्यन्त्र हो ।'

‘हिन्दू समाज आफ्नो राज्य चलाउनको लागि स्वयंमा योग्यता अनि सामर्थ्य कसरी ल्याउने’ विषयमा मार्गदर्शन गर्दै भोपाल (मध्य प्रदेश) का राजसूय हिन्दू विद्या केन्द्रका प्रा. रामेश्वर मिश्रले भने ,‘‘जति देशभक्ति हिन्दूहरुमा छ, त्यति नै विश्वास कुनै अन्यमा छैन; तर हिन्दू राष्ट्रको स्थापनाको लागि यति पर्याप्त छैन । यसको लागि आत्मबल पनि आवश्यकता हुन्छ । सनातन शास्त्रानुसार कार्य गरे मात्र नै हिन्दू राष्ट्रको स्थापना हुनेछ ।’’

सो क्रममा  हिन्दू जनजागृति समिति समर्थित ‘हिन्दू राष्ट्र : आक्षेप एवं खंडन’ यस हिन्दी भाषिक, ‘लोकतन्त्रमा फैलीएको दुष्प्रवृत्तियहरुको विरुद्ध प्रत्यक्ष कृत्य’ यस कन्नड भाषिक, ‘स्थानको उपलब्धता अनुसार औषधीय वनस्पतिहरुको रोपण’, यस कन्नड भाषिक, ‘औषधीय वनस्पतिको रोपण कसरी गर्ने ?’ यस कन्नड भाषिक, तथा सनातनको ‘मुंडू (लुंगी समान वस्त्र) को अपेक्षा धोती श्रेष्ठ हुनेमा अध्यात्मशास्त्रीय आधार’, लगायतका ग्रन्थहरुको लोकार्पण गरिएको थियो ।

 अधिवेशनमा कांची कामकोटी पीठाधीश्वर जगद्गुरु शंकराचार्य स्वामी विजयेंद्र सरस्वतीज्यूले आशीर्वाद पत्र दिएका थिए । पत्र सनातन संस्थाका धर्मप्रसारक पू. अशोक पात्रीकरले पठेर सुनाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ