arrow

सात लाख ५० हजार इयू नागरिकद्वारा बेलायतमा बसोबासका लागि आवेदन

logo
प्रकाशित २०७६ जेठ १६ बिहिबार
european-union.jpg

बेलायत । सन् २०१९ को शुरूको चार महिनामा बेलायत बसोबासका लागि आवेदन गर्ने यूरोपेली संघ (इयू) सदस्य राष्ट्रका नागरिकहरूको सङ्ख्या सात लाख ५० हजार पुगेको बिहीबार सार्वजनिक बेलायतको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ ।

बेलायत सरकारले इयूबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) सँगै करिब ३८ लाख इयू नागरिकले स्थायीरूपमा बेलायत बसोबास गर्नका लागि आवेदन गर्ने  देखिएको बताएको छ ।

गत जनवरीमा सार्वजनिकरूपमा आएका हल्ला र अनुरोधप्रति प्रतिक्रिया दिँदै प्रधानमन्त्री टरिजा मेले यदि उनकै शब्दमा ‘सम्झौताहीन बहिर्गमन’ लागु भएमा बेलायतले स्थायी बसोबासको आवेदन दिँदा लिँदै आएको ६५ यूरो बराबरको शुल्कको व्यवस्था खारेज गरिएको बताएकी थिइन् ।

बेलायती आन्तिरिक मामिला मन्त्रालयले दिएको जानकारी अनुसार यसरी आवेदन दिनेहरूमा सबैभन्दा बढी (एक लाख तीन हजार) पोल्याण्डका नागरिक रहेका छन् भने ९० हजार रोमानियाली र ७१ हजार इटालियाली नागरिकले दर्खास्त दिएका छन् । यसरी आवेदन दिने नागरिकमा पोर्चुगाली तथा स्पेनी नागरिक चौँथो र पाँचौँ स्थानमा रहेका बताइएको छ ।

गृह मन्त्री साजिद जाविद, जो आगामी जुलाई प्रधानमन्त्री मेका ११ सम्भावित उत्तराधिकारीमध्ये एक हुन्, ले यो योजनालाई हेरेसकेका छन् ।

“इयू नागरिक बेलायतको विकासका लागि योगदान गर्ने हाम्रा साथी, छिमेकी र सहकर्मी हुन् ।” जाविदद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “ब्रेक्जिटको जे नतिजा आएपनि हामीले उनीहरूलाई बेलायतमा बसोबास गरेको देख्न चाहन्छौँ ।”

हाम्रो स्वतन्त्र र सिधा इयू बहिर्गमन र त्यसपछिका समस्या समाधानको योजना अन्तर्गत सात लाख ५० हजार इयू नागरिकको आवेदन पूर्णतया प्रोत्साहनजनक देखिएको छ । यो योजनाले आगामी महिनाहरूमा सकेसम्म छिटो सफलता पाउने छ ।

सन् २०१६ मा ब्रेक्जिटको पक्षमा मतदान गरेका पोल्याण्ड तथा रोमानिया लगायतका मुलुकका आप्रबासीको बेलायत बस्ने इच्छालाई सम्बोधन गर्दा आउनसक्ने आर्थिक ब्यवधानप्रति विभिन्न कोणबाट चिन्ता व्यक्त पनि हुने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ