arrow

मोदीसँगै क-कसले लिए सपथ ? मोदीको सपथ ईश्वरको नाममा

logo
प्रकाशित २०७६ जेठ १६ बिहिबार
modi-saphat.JPG

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ईश्वरको नाममा दोस्रो कार्यकालको लागि प्रधानमन्त्रीको सपथ लिएका छन् । बिहीबार भारतको राजधानी दिल्लीमा भएको विशेष समारोहकाबीच प्रधानमन्त्री मोदी सहित केही मन्त्रीहरुले मन्त्री पदको सपथ लिएका छन् । 

मोदीसँगै नितिन गडकरी, अमित शाह र राजनाथ सिंह, डि बी सडानन्द, निर्मला सीतारमण, राम विलास पाशवान, नरेन सिंह तोमरले पनि मन्त्री पदको सपथ लिएका छन् । शपथग्रहणका लागि राष्ट्रपति भवन स्थित मञ्च पुगेका मोदीले ईश्वरको नाममा सपथ लिएका हुन् ।

भारतीय जनता पार्टीका अध्यक्ष समेत रहेका शाहले मोदी सरकारमा वित्त मन्त्रीको कार्यभार सम्हाल्ने सम्भावना देखिएको छ । पछिल्लो दुई लोकसभा चुनावमा भाजपालाई प्रचण्ड बहुमतले दिलाएका शाह मोदी मन्त्रिपरिषद्का अहम हिस्सा हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ