arrow

म्यान्मारको सेनाले फेरि ‘युद्ध अपराध’ गर्यो 

logo
प्रकाशित २०७६ जेठ १७ शुक्रबार
myanmar-army.jpeg

याङ्गुन । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलले म्यान्मारको रखाइन प्रान्तमा सेनाले जातीय समूहविरुद्ध दमन गरिरहेको आरोप आएका जनाएको छ ।

रखाइन राज्यमा सक्रिय विभिन्न छापामार समूहमाथि भइरहेको कारबाहीका क्रममा सेनाले गैरन्यायिक हत्या गरेको तथा यातना दिएको र मनोमानी ढङ्गले मानिसहरूलाई पक्राउ गरेको एम्नेस्टीले दावी गरेको छ ।     
     
एम्नेस्टीद्धारा हालै सार्वजनिक गरिएको एउटा प्रतिवेदनमा सेनाले गरेको गतिविधिलाई युद्ध अपराधको सङ्ज्ञा दिएको छ । सेनाले भने उक्त आरोप अस्वीकार गरेको छ । तर हिरासतमा रहेका छ जना निस्शस्त्र व्यक्तिको गत महिना हत्या गरिएको अभियोग भने म्यान्मारको सेनाले स्वीकार गरेको छ ।     
     
हिंसा फैलिएको क्षेत्रका दर्जनौँ स्थानीय बासिन्दासँगको कुराकानी, त्यहाँको तस्बिर, भिडिओ र स्याटलाइट तस्बिरको अध्ययन गरेपछि एमनेस्टीले त्यस्तो आरोप लगाएको हो ।     
     
यस अघि सन् २०१७ मा पनि म्यान्मारको सेनाले रोहिन्ज्या मुस्लिममाथि ठूलो दमन गरेको तथा मानवाधिकार उल्लङ्घन गरेको आरोप लगाएको थियो । त्यतिबेला अल्पसङ्ख्यक जातीय समूह माथिको कारबाहीका कारण ७० हजारभन्दा बढीले म्यान्मार छोडेका थिए ।     
     
अराकन आर्मी रिबेल्स नामक समूहलाई परास्त गर्न सरकारले आदेश दिएपछि सेनाले अहिले फेरी नयाँ कारबाही अघि बढाएको बताइएको छ । एमनेस्टीले तयार पारेको प्रतिवेदनमा सातवटा गैरकानुनी आक्रमणमा परेर १४ जना सर्वसाधारण मारिएको र २९ जना घाइते भएको बताइएको छ ।     
     
एमनेस्टीले अराकान आर्मीमाथि पनि अपहरण गरेको र नागरिकलाई दुःख दिएको आरोप लगाएको छ । यो आरोपको पनि सो समूहका प्रवक्ताले खण्डन गरेको समाचारमा जनाइएको छ ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ