arrow

कांग्रेसलाई सरकारमा डाक्दै माधव नेपालले भने, ‘सबैले मिलेर सरकार चलाऊँ’

logo
प्रकाशित २०७२ चैत ९ मंगलबार
makune.jpg.jpeg
दाङ  । एमाले नेता माधवकुमार नेपालले नेपाल–चीन पारवहन सम्झौता भएसँगै इन्धन सम्झौताको ढोका खुलेको बताएका छन् ।  प्रेस चौतारी नेपाल दाङ शाखाले गरेको पत्रकार सम्मेलनमा नेता नेपालले परनिर्भरताको अवस्थालाई बन्द गर्दै अबका दिनमा आफूहरू चीनसँग इन्धनलगायत सझौता गरी अगाडि बढ्न चाहेको बताए ।  
 
नेपालले भने, ‘हामी विकसित देशको अनुभव आदानप्रदान गरेर नेपाललाई विकसित बनाउन चाहान्छौँ ।’ नेपाली काँग्रेसलाई सरकारमा आउन आग्रह गर्दै पूर्वप्रधानमन्त्री  समेत रहेका नेपालले भनेका छन्, ‘सबैले मिलेर सरकार चलाउ, सक्रङ्मणकालको अन्त्य गरौँ ।’ सबै दल सरकारमा सहभागी भएपछि संविधान कार्यान्वयनमा सहजता आउने नेता नेपालको भनाई छ ।  
 
काँग्रेसमा नयाँ नेतृत्व आएसँगै सरकार परिवर्तनका स्वरहरु सतहमा आउन थालेको उल्लेख गर्दै नेता नेपालले मुलुकमा उत्पन्न जटिलता समाधान खोज्ने बेलामा सरकार परिवर्तन गर्ने खेलमा काँग्रेस लाग्ने हो भने उसमाथि जनताको विश्वास टुट्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ