arrow

दुई घाइतेहरु पाकिस्तान र वेष्टइन्डिज भिड्दै

logo
प्रकाशित २०७६ जेठ १७ शुक्रबार
pak-wi.JPG

काठमाडौं । इंगल्याण्डमा सुरु भएको विश्वकप एक दिवसीय क्रिकेटको १२ औं संस्करणको दोस्रो खेलमा शुक्रबार पाकिस्तान र वेष्टइन्डिज भिड्दै छन् । 

दुई पटकको च्याम्पियन वेष्ट इन्डिज र एक पटकको च्याम्पियन पाकिस्तानको जति चर्चा पहिले हुन्थ्यो अहिले त्यति हुँदैन । 

यो विश्वकपमा भने अझ बढी संघर्ष गर्नुपर्ने देखिएको छ । पछिल्लो पाँच एक दिवसीय खेलको नतिजा हेर्ने हो भने पाकिस्तानले सबै पाँच वटै खेल हारेको छ भने वेष्ट इन्डिजिले तीनमा हार र दुईमा जीत निकालेको छ । 

राउन्ड रबिन लिगका आधारमा खेलाइने भएकाले हरेक खेल उत्तिकै महत्वपूर्ण छ । यो खेलको विजेताले महत्वपूर्ण दुई अंक कमाउने छ । 

पहिलो खेलमा निकै फर्ममा रहेको आयोजक इंगल्याण्डले दक्षिण अफ्रिकालाई बिहीबार राति १०४ रनले पराजित गर्न सफल भयो । 

पाकिस्तान र वेष्ट इन्डिजले पनि दुई अंक बटुल्ने लक्ष्य लिएका छन् । खेल दिउसो ३ः१५ देखि नटिंघमको मैदानमा हुँदैछ । 

हेड टु हेडमा वेष्ट इन्डिज अगाडि छ । दुवै टोली विश्वकपमा अहिलेसम्म १० पटक भिडेका छन् । जसमा वेस्ट ईन्डिज ७ पटक र पाकिस्तान ३ पटक विजयी भएको छ ।

न्यूजिल्याण्डविरुद्ध पछिल्लो वार्मअपमा ४२१ रन बनाएपछि वेष्ट इन्डिजको ब्याटिङ डराउनै पर्ने खालको छ । उक्त खेलमा क्रिस गेलको पनि ब्याट चलेको भए अझ फराकिलो रन बन्ने थियो होला । यो चुनौती पार गर्न पाकिस्तानले ठूलै रणनीति बनाउनु पर्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ