arrow

बेलायती राजकुमार ह्यारीलाई प्रधान सेनापति क्षेत्रीले दिए खुकुरी उपहार

logo
प्रकाशित २०७२ चैत ९ मंगलबार
harry-nepali-army-chief-chhetri.jpg.jpeg
काठमाडौं। बेलायतका राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ‘ह्यारी’लाई प्रधान सेनापति राजेन्द्र क्षत्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै उपहारमा नेपाली खुकुरी प्रदान गरेका छन्। नेपालको विभिन्न स्थानहरुको भ्रमण गरी नेपाली सेनाको हेलिकप्टरमा विमानस्थलमा उत्रिएका ह्यारीलाई क्षेत्रीले विमानस्थलमै स्वागत गर्दै उपहारमा खुकुरी प्रदान गरेका थिए। खुकुरी बहादुरीको प्रतिक मानिन्छ। व्रिटीस गोर्खा सेनाको अंकित चिन्हमा पनि खुकुरी रहेको छ
 
नेपाल–बेलायत कुटनीतिक सम्बन्ध स्थापनाको २ सय वर्ष पूरा भएको अवसरमा बेलायती महारानीको प्रतिनिधिको रुपमा ह्यारी पाँच दिने औपचारिक भ्रमणमा नेपालमा छन्। 
 
भेटका अवसरमा बेलायतका राजकुमार ‘ह्यारी’ले नेपाली सेनाको प्रशंसा गदैं आफ्नो भ्रमणको दौरानमा नेपाली सेनाले पुर्‍याएको सहयोगको लागि धन्यवाद समेत व्यक्त गर्नु भएको सैनिक जनसम्पर्क निर्देशनालयले निकालेको विज्ञप्तीमा उल्लेख छ। 
 
नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ‘ह्यारी’ र प्रधान सेनापति क्षत्रीबीचको भेटघाटले द्विपक्षीय आपसी हीत र पारस्परिक सम्बन्ध अझ प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ