arrow

बाबुरामले पार्टी दर्ता गर्न नयाँ वर्ष कुर्ने, ‘सदस्यता आह्वान गरेको वेबसाइट खुल्दैन’

logo
प्रकाशित २०७२ चैत ९ मंगलबार
baburamko-nya-salti-new.jpg.jpeg
काठमाडौं । एमाओवादी त्यागेर नयाँ शक्ति अभियानमा लागेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आगामी वैशाख पहिलो साता निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने बताएका छन् । धरान पुगेका भट्टराईले नयाँ वर्षको अवसर पारेर वैशाख पहिलो साता नयाँ शक्ति, नेपाल नामक पार्टी आयोगमा दर्ता हुने जानकारी गराएका हुन् । 
 
नयाँ शक्तिका अन्तरिम केन्द्रीय परिषद सदस्यले मंगलबार गरेको पत्रकार सम्मेलनमा भट्टराईले पार्टी दर्ताबारे जानकारी गराए । सामाजिक संजालमा बढी सक्रिय भट्टराईले केही दिन अघि सदस्यता आह्वान गर्दै १ लाख सदस्य पुगेमात्रै पार्टी घोषणा गर्ने उल्लेख गरेका थिए । 
पार्टी दर्ताका लागि आवश्यक गृहकार्य भइरहेको र विधान, नीति, धारणाहरुलाई अभिलेखका आधारमा लिपिवद्ध गर्नेकाम भइरहेको अन्तरिम केन्द्रीय परिषद् सदस्यहरुले बताएका छन् । 
 
नयाँ शक्ति जातीवादी नरहने र एकात्मक शासन सत्ताको विरोधी रहेको केन्द्रीय परिषद् सदस्य एवं पूर्व प्रहरी एआइजी गणेशराज राईले बताए । उनले भनेका छन्, ‘नेपालको सुरक्षा निकाय गणतन्त्र आइसक्दा समेत जनमुखी भएको छैन, सत्तामुखी सुरक्षा निकायको पुनः व्यवस्थापन गर्दै परिवर्तनको आवश्यकता छ ।’ 
 
नयाँ शक्तिका कतिपय सदस्यहरुले संविधान कार्यान्वयनको जटिलता औंल्याउँदै विभिन्न व्यवस्था संशोधन गर्नु पर्ने वा पुनःखेलन गर्नु पर्ने धारणा राखेका छन् । संविधान जारी भएपछि नयाँ शक्ति अभियानका संयोजक भट्टराईले पार्टी तथा व्यवस्थापिका संसद सदस्यता त्यागेका थिए । भट्टराईले आफ्ना अभियान भ्रष्टाचार मुक्त समाजका लागि भएको बताउँदै आएका छन् । यद्यपि, भट्टराईले नै लिड गरिदिन आग्रह गरेका केही जानकारहरुले उनीसंग कुनै खाका नरहेको टिप्पणी गरिसकेका छन् । 
 
साइट खुल्दैन 
नयाँ शक्ति नेपालले निर्माण गरेको वेबसाइट अझै खुलेको छैन । नयाँ शक्तिले आधिकारिक भनेको नयाँ शक्ति नेपाल डट् ओआरजी नखुलेको हो । वेबसाइट खोल्न खोज्दा ‘वेबसाइट अण्डर मेन्टिनेन्स’ भन्दछ । वेबसाइट नखुलेपछी सामाजिक संजालमा अधिकांशले ह्याक भएको भन्दै टिप्पणी गरेका छन् । 
नयाँ शक्तिले वेबसाइटमा ‘अभियानमा सहभागि हुनुहोस्’ बटन थिचेर नयाँ शक्ति नेपालको सदस्यताका लागि अनलाइन आवेदन दिन सकिनेछ भनेको छ । साथै आवेदन फाराम डाउनलोड गर्न सकिनेछ भनेकामा वेबसाइनै नखुल्ने भएपछी केहीले झुटो प्रचार भन्दै टिप्पणी गरेका छन् ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ