arrow

होली बहिष्कारको उर्दी लाउने मधेशी नेता विरुद्ध उत्रिए मधेशकै संस्था

logo
प्रकाशित २०७२ चैत ९ मंगलबार
holi-new.jpg.jpeg
काठमाडौं। सनातन हिन्दु संस्कृतीसँग जवडिएको चाडवाड नमनाउने उर्दी जारी गर्ने मधेशी नेताहरुको विरोधमा मधेशमा क्रियाशिल संस्थाहरु विरोधमा उत्रिएका छन्। फागु पूर्णीमाको अवसरमा नेपालीहरुले मनाउने होली नमनाउने उर्दी जारी गरेको भन्दै केहि संस्था विरोधमा उत्रिएका हुन्।
 
हिन्दु युवा जनशक्ति संघ-नेपालले एक विज्ञप्ती निकाल्दै सदियौ देखीको हिन्दु संस्कृतिलाई बचाउनका निम्ति कुनै कार्य नगर्ने तर मधेशको अधिकारको लागि भएको आन्दोलनमा सहादत प्राप्त गरेका बीर मधेशी सपुतहरुको सम्झनाको नाममा दशै, छठ, होली जस्ता हिन्दुहरुको महान पर्वहरु नमनाउन उर्दी जारी गर्ने मधेशी मोर्चाले संस्कृतिलाई मास्न खोजेकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 
 
'संस्कृति माथि प्रहार हुने खालका अदुरदर्शी निर्णय मधेश, मधेशी जनता र देशको हितमा कदापी हुन सक्दैन।'  विज्ञप्तीमा उल्लेख छ। दशै, छठ, होली नमनाउन उर्दी जारी गर्ने मोर्चाले गैर हिन्दुहरुको पर्व ईद, बकरीद, क्रिष्मस लगायतमा शुभकामना दिईरहेकोमा संघले घोर आपति समेत प्रकट गरेको छ। अधिकारको लागि भईरहेको आन्दोलनको नाममा हिन्दु संस्कृतिलाई मास्ने अधिकार मोर्चासंग नभएकोमा सचेत गराएको छ। 
 
देशमा उत्पीडीत समुदायले अधिकारको लागि गरेको हरेक आन्दोलनमा हिन्दुहरुकै महत्वपुर्ण योगदान रहेको हुनाले आगामी दिनमा हिन्दु धर्म, संस्कृतिको महत्वलाई समाप्त गर्ने गरी कुनै निर्णय नगर्न मोर्चालाई संघका अध्यक्ष विकाश कुमार ठाकुरले सुझाव दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ