arrow

राहुलले निर्वाचन क्षेत्रमै गएर मतदातालाई धन्यवाद दिने

logo
प्रकाशित २०७६ जेठ १७ शुक्रबार
rahul_gandhi11.JPG

भारत । भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष तथा नवनिर्वाचित सांसद राहुल गान्धीले आफ्ना मतदाताहरूलाई निर्वाचन क्षेत्रमै गएर धन्यवाद दिने भएका छन् ।  यही जुन ७ देखि दुई दिनसम्म आफ्नो निर्वाचन क्षेत्र वायनाद गएर उनले मतदाताहरुलाई धन्यवाद दिने भएका हुन् ।

यसअघि उनले यही मे २४ तारिखका दिन पनि आफुलाई लोकसभा सदस्यमा निर्वाचित गरेको प्रति कृतज्ञता व्यक्त गर्दै मतदाताहरूलाई धन्यवाद दिएका थिए । उनले आफुसँगै निर्वाचित अन्य सांसदहरुलाई पनि बधाई दिएका छन् ।  

अध्यक्ष गान्धीले आफ्नो निर्वाचन क्षेत्रबाट ७ लाख ५० हजार ३४ मत प्राप्त गरेका थिए । उनका निकटम प्रतिद्वन्द्वी लेफ्ट डेमोक्रयाटिक फ्रन्ट (एलडीएफ)का पिपि सुनिरलाई भने ४ लाख ३१ हजार ६३ जना मतदाताले मतदान गरेका थिए ।

अध्यक्ष गान्धी भारतकै अर्को निर्वाचन क्षेत्र अमेठीबाट पनि निर्वाचनमा प्रतिश्पर्धा गरेका थिए । तर त्यस क्षेत्रमा भने उनि स्मृति इरानीसँग पराजित भए । पराजित भएपनि उनले त्यस क्षेत्रका मतदाताहरुलाई पनि वक्तव्य मार्फत् धन्यवाद दिएका थिए  ।

अमेठीमा गान्धीलाई स्मृति इरानीले पराजित गरेकी थिइन् । इरानी नयाँ केन्द्रीय मन्त्रीमण्डलमा महिला तथा बाल विकास मन्त्री बनेकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ