arrow

अफगानिस्तानको चुनौती अष्ट्रेलियालाई, श्रीलंका न्युजिल्याण्डसँग भिड्दै

logo
प्रकाशित २०७६ जेठ १८ शनिबार
Cricket-Worldcup19.png

काठमाडौं। ईङल्याण्डमा जरी विश्वकप क्रिकेट प्रतियोगितामा शनिवार दुई केल हुनेछन्। न्युजिल्याण्डले श्रीलंकाको सामना गर्ने छ भने अफगानिस्तान र अष्ट्रेलिया भिड्ने छन्।

श्रीलंका-न्युजिल्याण्ड

पछिल्लो समयमा त्यती राम्रो फर्ममा नरहेको श्रीलंकाले न्युजिल्याण्डको सामना गर्ने छ। श्रीलंकाले न्युजिल्याण्डलाई कतिको चुनौती दिन्छ त्यो खेलले देखाउने छ।

श्रीलंकाका कप्तान दिमुथ कारुनारत्नेले लाहिरु थिरमिरानेसँग पहिलो वेकटका लागि कस्तो साझेदारी गर्ने छन् त्यसमा श्रीलंका टोलीको ब्याटिङ निर्भर गर्ने छ। कुशल परेरा, एन्जेलो म्याथ्युज, कुशल मेन्डिसले कस्तो खेल्छन त्यस्मा टोली निर्भर रहेको छ। बलिङ तिर भेट्रान बलर लाशिथ मालंगाले कमान सम्हालेका छन्। सुरंगा लकमल , नुवान प्रदिपको बलिङले निर्णायक भुमिका खेल्ने छ।

न्युजिल्याण्डका लागि ब्याटीङमा मार्टिन गुप्टिल, कोलिन मुन्रो, कप्तान केन विलियम्सन, रस टेलर छन् भने टम लाथम र जेम्स निसाम जस्ता हार्ड हिटर पनि रहेका छन्। बलिङ तर्फ ट्रेन्ट बोल्ट, म्याट हेन्री, लोकी फर्गुसन रहेका छन्।

दुई टोलिलाई हेर्दा बलियो न्युजिल्याण्ड देखिए पनि लंकाले कुनै पनि खेलमा आफ्नो लय देखाउन सक्छ। पछिल्लो मसय बिस्तारै सम्हालिंदै आएको लंकाले यो विश्वकपमा कस्तो छाप छोड्छ त्यो हेर्न बाँकी रहेको छ।

अफगानिस्तान-अष्ट्रेलिया

साविक बिजेता अष्ट्रेलियाले बहादुर टोलि अफगानिस्तानको सामना गर्ने छ। सरसर्ती हेर्दा अष्ट्रेलियाले जित्ने जस्तो देखिए पनि अफगानिस्तान कुनै पनि टोलीलाई आफ्नो राम्रो दिनमा सजिलै पराजित गर्न सक्ने टोली भनेर धेरै पटक प्रमाणित गरिसकेको छ।

अष्ट्रेलियाको टोलीमा स्टिव स्मिथ र डेविड वार्नरको पुनरागमन पछि सन्तुलित भएको छ। अष्ट्रेलियाका कप्तान एरोन फिन्च, उसमान ख्वाजा, सन मार्स जस्ता ब्यट्सम्यान रहेका छन् भने ठुलो प्रहार गर्नसक्ने ग्लेन म्याक्सवेल, मार्कस स्टोईनिस जस्ता खेलाडी रहेको अष्ट्रेलियालाई यो विश्चकपको दावेदारका रुपमा हेरिएको छ।

अफगानिस्तान टोलिमा मोहम्मद शहजाद, असगर अफगान, मोहम्मद नाबीहजरातुल्लाह जजाई जस्ता ब्याट्सम्यान रहेका छन्। उनीहरु सम्हालिएर खेले भने कुनै पनि बलिङ आक्रमण बिरुद्ध राम्रो रन बनउन सक्ने क्षमता राख्दछन्। त्यसैगरि राशिद खान जस्ता बलरले अफगानी टोलीलाई कुणै पनि ब्याटिङ लाईन अप ध्वस्त पार्न सक्ने क्षमता रहेको टोलिका रुपमा स्थापित गरेको छ।

अफगानिस्तानले केही ठुला टोलिहरुलाई स्तब्ध पार्नेछ भन्ने विश्वास गरिएको छ। उनीहरुको प्रदर्शनले विश्वकपको नतिजामा फरक पार्ने निश्चित रहेको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ