arrow

भारतीय उत्पादनलाई छूट नदिने अमेरिकाको निर्णय 

logo
एजेन्सी
प्रकाशित २०७६ जेठ १८ शनिबार
trump-modi1.jpg

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई जनरलाइज्ड सिस्टम अफ प्रेफरेन्सेज (जीएसपी)बाट बाहिर राख्ने निर्णय गरेका छन् । यो फैसला जुन ५ देखि लागू हुनेछ । भारतले आफ्नो बजारमा अमेरिकाका बराबर तथा उचित सामग्री उपलब्ध गराउने कुनै पनि भरोशा नजनाएको कारण अमेरिकाले भारतलाई जीएसपीबाट हटाउने निर्णय गरेको हो । 

गत मार्च ४ मा अमेरिकाले भारतलाई जीएसपीबाट बाहिर राख्ने घोषणा गरेको थियो । यसका लागि ६० दिनको सूचना दिइएको थियो । जुन ३ मे मा सकिएको थियो । अहिले भारतले जीएसपीबाट पठाएका सामग्रीमा अमेरिकामा आयात शुल्क लाग्दैन । 

जीएसपी कार्यक्रममा सामेल भएका विकासशील मुलुकलाई अमेरिकाले आयातकरमा छूट दिँदै आएको छ । यसअनुसार भारतका करीब २ हजार उत्पादनमा अमेरिकाले आयातकरमा छूट दिँदै आएको हो । 

सन् २०१७ मा भारत यो योजनाबाट सबैभन्दा लाभान्वित भएको मुलुक बनेको थियो । भारतले अमेरिकामा ५ अर्ब ७० करोड डलरका उत्पादनमा आयातकरमा छूट पाएको थियो । 

अमेरिकाका अनुसार भारत आफ्ना धेरै सामग्री अमेरिकामा विना कुनै आयात शुल्क बिक्री गर्ने गरेको छ । तर, भारतमा सामग्री बिक्री गर्न अमेरिकालाई भने ठूलो मात्रामा आयात कर लाग्ने गरेको छ । अमेरिकी अधिकारीले गत विहीवार भारत सरकारसँग यस विषयमा वार्ता हुने बताएका थिए । अब आफ्नो दोस्रो कार्यकालमा मोदीले यसको कस्तो समाधान निकाल्छन् भन्ने कुरा भने हेर्न बाँकी छ । 

अमेरिकाले मार्चमा भारतलाई जीएसपीबाट बाहिर राख्ने निर्णय गरेसँगै भारतीय वाणिज्य सचिव अनुप धावनले यो फैसलाले खासै धेरै असर नपर्ने बताएका थिए । गत वर्ष भारतले आयात शुल्कमा छूटबाट केवल १९ करोड डलर बचत भएको बताएका थिए । अमेरिकाको जीएसपी कार्यक्रममा भारतसहित विश्वका १ सय २१ मुलुक छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ