arrow

ब्रसेल्स वम आक्रमणमा मारिनेको संख्या ३४ पुग्यो

logo
प्रकाशित २०७२ चैत ९ मंगलबार
brusells-airport-bomb.jpg.jpeg
बेल्जियम। बेल्जियमको राजधानी ब्रसेल्सको विमानस्थल र मेट्रो स्टेशनमा भएको ३ बम विष्फोटनका कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ भने एक सयभन्दा धेरै घाईते भएका छन्। 
 
मंगलबार भएका तीनवटा विष्फोटमध्ये दुईवटा जावेन्टेम अन्तर्राष्ट्रिय विमानस्थलमा र एउटा मालबेक भूमिगत मेट्रो रेल स्टेशनमा भएको थियो। विमानस्थलमा भएको विष्फोटमा कम्तीमा १४ जनाको ज्यान गएको छ भने त्यसको एकघण्टापछि युरोपेली संस्थाहरुको कार्यालय नजिकै रहेको मेट्रो स्टेशनमा भएको विष्फोटले २० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
 
घटनापश्चात बेल्जियमका प्रधानमन्त्री चार्ल्स मिशेलले आफ्नो देशले कालो दिनको अनुभव गरिरहेको बताएका छन्। शृंखलाबद्ध विष्फोटपश्चात ब्रसेल्समा सेना परिचालन गरिएको छ। यातायातका साधन चलेका छैनन्। बेल्जियमका अधिकारीहरुले सञ्चारमाध्यमलाई जारी अनुसन्धानको विवरण सार्वजनिक नगर्न आग्रह गरेका छन्। अधिकारीहरुले टेलिफोन नेटवर्क अवरुद्ध हुने गरी टेलिफोन व्यस्त नराख्न ब्रसेल्सबासीलाई अपील गरेका छन्।
 
विष्फोटपछि अन्तर्राष्ट्रिय सीमाहरु बन्द गरी सुरक्षा निगरानी बढाइएको छ। एकजना प्रत्यक्षदर्शीले विष्फोटसँगै अरबी भाषामा कोही चिच्याएको आवाज सुनिएको बताएका छन्। त्यहाँका संघीय न्यायाधीवक्ताले एउटा विष्फोट आत्मघाती आक्रमणकारीले गराएको हुनसक्ने बताएका छन्।
 
गत नोभेम्बरमा भएको प्यारीस हमलाका एक मुख्य आरोपी सलाह अब्देसलामलाई ब्रसेल्समा पक्राउ गरिएको चारदिनपछि यी विष्फोटका घटना भएका छन्। विष्फोट अगाडी ब्रसेल्समा उच्च सुरक्षा सतर्कता अपनाइएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ