arrow

भारतीय काँग्रेसको संसदीय दलको नेतामा चौथो पटक पनि सोनिया निर्वाचित

logo
एएनआई,
प्रकाशित २०७६ जेठ १८ शनिबार
rahul-soniya.jpeg

नयाँ दिल्ली। भारतीय राष्ट्रिय काँग्रेस पार्टीको संसदीय दलको नेतामा पुनःसोनिया गान्धी निर्वाचित भएकिछिन्। शनिबार भएको निर्वाचनबाट उनी चौथो कार्यकालका लागि निर्वाचित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। गान्धी नेतृत्वको संसदीय दलले संसदमा प्रतिपक्षीको रुपमा प्रभावकारी भूमिका खेल्ने र जनताको पक्षमा आवाउ उठाउने तथा सरकारलाई गलत बाटोमा जानबाट रोक्ने पार्टीका प्रवक्ता रान्दीप सिंह सुर्जेवालाले बताए।  

भारतमा गत अप्रिल ११ देखि मे १९ सम्म भएको लोकसभा निर्वाचनपछि गठन भएको नयाँ लोकसभाको पहिलो बैठक यही जुन १७ देखि जुलाई २६ सम्म बस्ने भएको छ। नयाँ सरकारको नयाँ केन्द्रीय बार्षिक बजेट भने सरकारले यही जुलाई ५ तारिखका दिन सार्वजनिक गर्ने संभावना रहेको छ। लोकसभामा काँग्रेसको ५२ जना सांसद रहेका छन्। गान्धीले संसद्मा उनीहरुको नेतृत्व गरेकिछिन्। उनी सन् २००४ देखि निरन्तर काँग्रेसको संसदीय दलको नेता छिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ