arrow

मन्त्री निवासमा जासुसी गर्ने क्यामेरा कस्को? कस्ले गर्दैछ जासुसी?

स्वास्थ्यमन्त्री निवास अगाडी फेला पर्‍यो ‘ड्रोन क्यामेरा’

logo
प्रकाशित २०७२ चैत १० बुधबार
oli-cabinet-meeting-widgetsp-2.jpg.jpeg
ललितपुर। सरकारका एकजना मन्त्रीको सरकारी निवासमा उनको जासुसी गरिरहेको अवस्थामा आकाशमा उड्ने दुर नियन्त्रित ‘ड्रोन क्यामेरा’फेला परेको छ। देशकै सबैभन्दा सुरक्षित मानिने सरकारका मन्त्रीहरु बस्ने सरकारी निवासमा जमिनबाट नभइ आकाशबाट जासुसी गरिरहेको अवस्थामा दुर नियन्त्रित ‘ड्रोन क्यामेरा’ फेला परेको हो। 
 
पुल्चोक हरिहरभवनमा रहेको मन्त्री निवासस्थित स्वास्थ्यमन्त्री रामजनम चौधरीको निवास नजिक अत्याधुनिक ‘ड्रोन क्यामेरा’फेला परेको हो। चौधरी मधेशी जनाधिकार फोरमका नेता हुन। चौधरीकै दलका अध्यक्ष विजय कुमार गच्छेदार सरकारका उपप्रधानमन्त्री तथा हाल कार्यवाहक प्रधानमन्त्री पनि हुन्। प्रधानमन्त्री केपी  शर्मा ओली चीन भ्रमणमा रहेका बेला उनका सरकारका मन्त्रीको गतिविधीको सुक्ष्म जानकारी लिन कस्ले किन जासुसी गर्‍यो त्यो भने बडो शंकास्पद छ। 
 
‘ड्रोन क्यामेरा’त्यस्तो अवस्थामा फेला पर्‍योकी त्यो उड्दा उड्दै एक रुखमा अड्किएको थियो। रुखमा अड्किएको अत्याधुनिक ‘ड्रोन क्यामेरा’त्यसपछि भने भुइमा खसेको थियो। मन्त्री निवासमा अरु मन्त्रीहरुको समेत जासुसी गरिरहेको हुनसक्ने सो अत्याधुनिक ‘ड्रोन क्यामेरा’चौधरीको निवास अगाडी आइपुग्दा भने दुर्घटनामा परेको हुन सक्ने अनुमान गरिएको छ। तर कस्ले मन्त्रीहरुको गतिविधी जान्न यसरी जासुसी गरेको हुनसक्ने भन्नेबारेमा अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले जानकारी दिए। 
 
नेपालको विद्यमान कायमअनुसार यसप्रकारको अत्याधुनिक ‘ड्रोन क्यामेरा’अनुमति नलिई प्रयोग गर्न पाइँदैन। त्यसमाथि सरकारका मन्त्रीहरुको निवासमा यसप्रकारको जासुसी गर्न त कुनै पनि हालतमा कसैलाई पनि अनुमति नै लिएर पनि छुट छैन। यो घटनाले सरकारका आफ्नै मन्त्रीहरुको सुरक्षा संवेदनशीलता र उनीहरुको जासुसी हुने कुराले धेरै सुरक्षा चुनौतीलाई उजागर गरेको छ। 
 
सरकार परिवर्तनको हल्ला चलिरहँदा यसलाई कतिपयले त्यससँग जोडेर हेरेपनि तत्काल त्यस किसिमको निष्कर्षमा पुग्नु हतारो हुनसक्छ। 



नयाँ