arrow

विश्वकप बिजेता श्रीलंकाले लय भेट्टाउन सकेन, न्युजिल्याण्ड बिजयी

logo
प्रकाशित २०७६ जेठ १८ शनिबार
WC-SL-NZ.jpg

काठमाडौं। ईङल्याण्डमा जारी पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा न्युजिल्याण्डले शानदार सुरुवात गरेको छ। न्युजिल्याण्डले श्रीलंकालाई १० विकेटले पराजित गर्दै आफ्नो बिजयी सुरुवात गरेको हो ।

टस हारेर पहिले ब्यटी, गरेको श्रीलंकाले २९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३६ रनको झिनो स्कोर खडा गरेको थियो। श्रीलंकाका लागि कप्तान दिमुथ करुनारत्नेले आउट नभई ५२ रन बनाएका थिए। न्युजिल्याण्डका लागि म्याट हेनरी र लोकी फर्गुसनले ३-३ विकेट लिएका थिए।

जवाफमा ब्याटीङ गर्न ओर्लेको न्युजिल्याण्डले १६.१ ओभरमा कुनै विकेटको क्षती बिना १ सय ३७ रन बनाउँदै १० विकेटले जित हासिल गरेको थियो। न्युजिल्याण्डका लागि मार्टिन गुप्टिलले ७३ रन बनाएका थिए भने कोलिन मुन्रोले ४८ रनको योगदान दिएका थिए। खेलका प्लेयर अफ म्याच म्याट हेनरी घोषित भएका थिए। 

धेरै लामो समयदेखि आफ्नो फर्मसँग जुधिरहेको श्रीलंका विश्वकपको सुरुवाती खेलमा पनि आफ्नो लयमा फर्किन सकेन । सायद आउँदा खेलहरुमा श्रीलंकाले आफ्नो लय भेट्टाउने छ । सन् १९९६को विश्व बिजेता श्रीलंका आफ्नो लयमा फर्किए विश्वकप रोमाञ्चक हुने विश्वास गर्न सकिन्छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ