arrow

च्याम्पियन्स लिगको उपाधि लिभरपुललाई, सलाह र ओरिगीको गोल

logo
प्रकाशित २०७६ जेठ १९ आइतबार
liverpool-champions-league.jpg

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको उपाधि इंगलिश प्रिमियर क्लब लिभरपुलले जितेको छ । शनिबार राति भएको फाइनलमा अर्को प्रिमियर क्लब टोटनह्याम हट्सपरलाई २–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले उपाधि जित्न सफल भएको हो ।

स्पेनको मड्रिडमा भएको खेल जितेपछि लिभरपुलले आफ्नो क्लब इतिहासमा छैटौं पटक यो उपाधि उचाल्न सफल भएको हो । त्यस्तै सन् २००५ पछि पहिलो पटक यो उपाधि उचाल्न लिभरपुल सफल भएको हो । 

Manager Jurgen Klopp celebrates with the cup. He put an end to his trophy drought after losing six finals in a row prior to tonight

जारी सिजनमा टोटनह्यामलाई तेस्रो पटक हराउने क्रममा योर्गेन क्लोपको लिभरपुललाई उपाधि दिलाउन मोहमद सलाह र डिभोक ओरिगीले एक एक गोल गरे ।

The match winnners: Divock Origi and Mo Salah embrace after their goals sealed the win for Liverpool in what was a scrappy 90 minutes of football

खेलको दोस्रो मिनेटमै सलाहको पेनाल्टी गोलमा लिभरपुलले अग्रता बनाएको थियो । टोटनह्यामका मौसा सिसोकोले ह्याण्ड गरेपछि लिभरपुलले पेनाल्टीको अवसर पाएको थियो ।

Super-sub Divock Origi sealed the victory tonight and helped crown Liverpool kings of Europe for the first time since 2005

यसलाई विवादित पेनाल्टीसमेत पनि भनिएको छ । 

The Belgian, who came on as a substitute in the second half, drove a low shot into the right hand corner after Spurs failed to clear a corner whipped in by James Milner

त्यसपछि खेलको ८८ औं मिनेटमा ओरिगीले गोल गर्दै लिभरपुललाई २–० को गोल अन्तरले जिताए । 

पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको टोटनह्यामले फाइनलमा भने गोल गर्न नसक्दा पराजयको मुखमा पुग्नुपर्यो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ